निर्वाचन सार्न गठबन्धनको वकिलहरूसँग परामर्श भइरहेको ओलीको आरोप

  • बैशाख १३, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचन सार्ने प्रयत्न अझै भइरहेको आरोप लगाएका छन् । स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता सकिएको भोलिपल्ट पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले निर्वाचन सार्ने प्रयत्न भइरहेको आरोप लगाएका हुन् ।

मनमोहन अधिकारीको २३ औँ स्मृति दिवसमा मंगलबार सानेपामा बोल्दै ओलीले निर्वाचन सार्नका लागि कांग्रेस, माओवादी, एकीकृत समाजवादीलगायतको गठबन्धन लागिपरेको बताएका हुन् । उनले भने, यो गठबन्धन अपराधको श्रृंखलाबाट सिर्जना भएको अपराधी कुराबाट अपराधी तरिकाले सिर्जना भएर अपराधका लागि जन्मिएको हो, यो गठबन्धन प्रतिगामी गठबन्धन भएको हुनाले यसले निर्वाचन सार्ने भरपूर कोसिस गर्‍यो, अझै पनि मुद्दा हालेर चुनाव सार्न सकिन्छ कि भनेर परामर्श भइराख्या छ वकिलहरूसँग, ।

एमालेले कुनै पनि हालतमा चुनाव सार्न नदिने ओलीले बताए । उनले भने, यसले चुनाव सार्न सक्दैन । अब चुनाव सार्ने कुरा हामी कुनै हालतमा मान्दैनौं, दिँदैनौं ।

ओलीले चुनाव घोषित समयमा नै हुने र त्यसका लागि तयारीमा लाग्न कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । उनले मतदाता वृद्धि गर्न र मतको रक्षा गर्न कार्यकर्ताहरूलाई निर्देशन दिएका हुन् । कार्यकर्ताहरूलाई धेरै भलादमी नबन्न पनि ओलीको भनाइ छ । साह्रै भलादमी हुने होइन, ठिक्क मात्रै भलादमी हुने । न्याय कसैले मार्न खोज्यो भने न्याय मार्न नदिने गरी ज्युँदो मान्छे बन्ने, कार्यकर्तालाई ओलीको निर्देशन थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विश्वभर ८२ लाख नयाँ ...

काठमाडौं । स्वास्थ्य संगठन (डब्लूएचओ) ले गत वर्ष विश्वभर ८२ लाख नयाँ क्षयरोग (टीबी) का बिरामी पत्ता ...

तिहारको दोस्रो दिन ब ...

काठमाडौं : तिहारको दोस्रो दिन बिहीबार बिहान कुकुरतिहार मनाइँदै छ भने साँझ लक्ष्मीपूजा पनि गरिँदैछ। ...

अन्नपूर्ण आधार शिविर ...

म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved