मतदानको दिन पास लिएका गाडी मात्रै चल्ने, सार्वजनिक गाडी नचल्ने

  • बैशाख २३, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । पालिका निर्वाचनको मुख्य दिन आउँदो ३० गते अनुमति प्राप्त बाहेकका गाडी नचल्ने भएका छन् । प्रशासनको अनुमति लिएकाबाहेक सार्वजनिक र निजी गाडी चलाउन नपाइने निर्वाचन आयोगले जनाएको हो ।

आयोगले मतदानका दिन गाडी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड–२०७९ लागू गरेको छ । उम्मेदवार वा उम्मेदवारको प्रतिनिधिले मतदानको दिन गाडी चलाउन सम्बन्धित मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतसमक्ष निवेदन दिनुपर्नेछ ।

उम्मेदवारबाहेक अन्य निकाय वा संस्थाले सम्बन्धित निकाय वा संस्थाको आधिकारिक लेटर प्याडमा गाडी नम्बर, प्रयोगकर्ताको नामसहित पासका लागि २८ गतेसम्म निवेदन पेस गर्नुपर्नेछ ।

हवाई उडानको यात्रामा पासपोर्ट, भिसा र टिकटका आधारमा विमानस्थल र अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आवागमनको सहजीकरण काठमाडौंका प्रमुख जिल्ला अधिकारीले मिलाउने उल्लेख छ । मतदानको दिन अशक्त व्यक्तिको लागि मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतले अनुमति दिएको गाडीको प्रयोग गर्न सकिनेछ ।

एम्बुलेन्स, खानेपानी ट्याङ्कर, दमकल, दुरसञ्चार, शववाहन, अस्पताल सेवा तथा विद्युत् सेवाको लागि अनुमति लिनु नपर्ने आयोगले जनाएको छ । पत्रकार तथा सञ्चारकर्मीलाई सूचना विभागको कार्डका आधारमा प्रमुख जिल्ला अधिकारीले अनुमतिपत्र दिने व्यवस्था गरेको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विश्वभर ८२ लाख नयाँ ...

काठमाडौं । स्वास्थ्य संगठन (डब्लूएचओ) ले गत वर्ष विश्वभर ८२ लाख नयाँ क्षयरोग (टीबी) का बिरामी पत्ता ...

तिहारको दोस्रो दिन ब ...

काठमाडौं : तिहारको दोस्रो दिन बिहीबार बिहान कुकुरतिहार मनाइँदै छ भने साँझ लक्ष्मीपूजा पनि गरिँदैछ। ...

अन्नपूर्ण आधार शिविर ...

म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved