यसपालि मत बदर हुने जोखिम धेरै, हेरौं भोट हाल्दा के कुरामा ध्यान दिनु पर्छ त ?

  • बैशाख २५, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । यसपटक पालिका निर्वाचनको रौनक बढे पनि कतिपय मतदातामा कसरी मतदान गर्ने अन्योल छन् । मतदाता शिक्षा प्रभावकारी नहुँदा मत बदर हुने जोखिम पनि उतिकै छ । यसपटक एक करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाता छन् ।

६० प्रतिशत मत खसे पनि पाँच प्रतिशत बदर हुनसक्ने आकलन निर्वाचन आयोगको छ । सरदरमा पाँच प्रतिशत मत बदर हुने आयोगको अनुभव रहेको सहप्रवक्ता सूर्यप्रसाद अर्यालले बताए।

मतपत्रमा धेरै चिह्न भएकाले मतदाता अलमल हुने जोखिम झनै छ । पहिलो पटक मतदानमा भाग लिनेहरुलाई अझ धेरै अलमल छ । मत माग्न दलहरू घरघरमा पुगेका छन् । तर निर्वाचन आयोगले यसपालि घरदैलोमा पुगेर मतदाता शिक्षा सञ्चालन गरेको छैन । यसपालि गठबन्धन गरेका दलहरुका साझा उम्मेदवार छन् । त्यसमा झुक्किन सक्ने अवस्था छ । निर्वाचन चिह्नको कोठाबाहिर स्वस्तिक छाप लगाए मत बदर हुन्छ ।

दुईवटा चिह्नकोबीचमा छाप लगाए, औँठाछाप, नबुझिने गरी लतपल मत सङ्केत, मतदान अधिकृतको सही नभएको मतपत्र प्रयोग गरे पनि बदर हुनेछ । निर्वाचन आयोगका अनुसार पालिका निर्वाचनमा एक जना मतदाताले मतपत्रको सातवटा निर्वाचन चिह्नमा मतदान गर्नुपर्छ ।

त्यसमा पहिलो ठाडो लहरमा प्रमुख वा अध्यक्ष पदको उम्मेदवारको निर्वाचन चिह्नमध्ये एउटामा, दोस्रो ठाडो लहरमा उपप्रमुख वा उपाध्यक्ष पदको उम्मेदवारको चिह्नहरूमध्ये एउटामा, तेस्रो ठाडो लहरमा वडाअध्यक्ष पदको उम्मेदवारको चिह्नमध्ये एउटा चिह्नमा, चौथो ठाडो लहरमा महिला सदस्य पदको उम्मेदवारको एउटा चिह्नमा, पाँचौँ ठाडो लहरमा दलित महिला सदस्य पदको उम्मेदवारको चिह्नमध्ये एउटा चिह्नमा मत दिनुपर्छ।

त्यस्तै छैटौँ र सातौँ ठाडो लहरमा रहेका दुई सदस्य पदका उम्मेदवारको चुनाव चिह्नहरू मध्ये कुनै दुई चिह्नमा छुट्टा–छुट्टै छाप लगाइ मतदान गर्नुपर्छ । यसरी हरेक पदका लागि आफूले रोजेको सात जना उम्मेदवारको चिह्न रहेको कोठाभित्र पर्ने गरी स्वस्तिक छाप लगाइ मत सङ्केत गर्न सकिने आयोगले जनाएको छ । मतपत्रमा मत सङ्केत गरेपछि मतपत्रलाई राम्ररी पट्याएर मत पेटिकामा खसाले बदर नहुने आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विश्वभर ८२ लाख नयाँ ...

काठमाडौं । स्वास्थ्य संगठन (डब्लूएचओ) ले गत वर्ष विश्वभर ८२ लाख नयाँ क्षयरोग (टीबी) का बिरामी पत्ता ...

तिहारको दोस्रो दिन ब ...

काठमाडौं : तिहारको दोस्रो दिन बिहीबार बिहान कुकुरतिहार मनाइँदै छ भने साँझ लक्ष्मीपूजा पनि गरिँदैछ। ...

अन्नपूर्ण आधार शिविर ...

म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved