पूर्व मन्त्री दिपक गिरीले भने सञ्चारमन्त्री ले मात्र हाेइन प्रधानमन्त्री  ले पनी राजिनामा दिनु पर्ने

  • फाल्गुन ९, २०७६
  • कालापानी मिडिया
alt

इटहरी । नेपाल प्रेस युनियन सुनसरीले इटहरीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै सञ्चारमन्त्रीको फोन रेकर्डले समग्र देशको बदनाम भएको बताए । कमिशनको प्रलोभनमा ओली सरकार चुर्लुम ढुबेको बताउँदै नेता गिरीले भने देशको प्रधानमन्त्रीले नैतिकताको आधारमा राजिनामा दिनु पर्छ । सञ्चारमन्त्री गोकुल बास्कोटाले कमिशन मागेर समग्र सरकारकै बदनाम गरेको भन्दै  सञ्चारमन्त्री ले मात्र हाेइन प्रधानमन्त्री  ले पनी राजिनामा दिनु पर्ने बताएका छन ।

एक पछि अर्को काण्डमा सरकार मुछिएको भन्दै यो सरकार लाचार भएको टिप्पणी गरे । सरकार अहिले पैसा कमाउँन मात्र मरिहत्ते गर्दै आएको कारण आम जनतामा निराशा छाएको उनको भनाई थियो । काण्डै काण्डैमा सरकार लाग्दा समेत खोक्रो भाषण गरेर जनता झुक्याउँने काममा भने यो सरकार सफल भएको छ पूर्वमन्त्री समेत रहेका गिरीले भने ।कमिशन लागि तल्लो तह सम्म सरकार मरिहत्ते गरिरहेको आरोप समेत उनको थियो । बाहिर भष्ट्राचार विरोधी नारा लगाएर भित्री सेटिङमा सरकार लागेको गिरीको भनाई थियो । हरेक विकास निमार्णको काममा अहिलेको सरकार पैसा उठाउन लागि परेको आरोप लगाए ।एक अर्को प्रसंगमा नेता गिरीले भने नेपाली काग्रेसले पनि प्रतिपक्षको भुमिका राम्ररी निभाउँन नसकेको टिप्पणी गरे । जनताहरु देशभित्रै अलमलमा परेको उनको तर्क थियो । हामी पनि खरो प्रतिपक्ष हुन सकिनौ उनले भने । आन्तरीक पार्टी भित्रको केहि असहमतीका कुरालाई समेत मिलाउँदै जानुको विकल्प नरहेको गिरीको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
संयुक्त टोलीले गर्यो ...

इनरुवा । सुनसरीस्थित सशस्त्र प्रहरी बल–४ नम्बर गण र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संयुक्त ...

नारायणगढ-मुग्लिन सडक ...

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको सत्र किलोमा शुक्रबार बिहान बस र हायस ठोक्किँदा मृत्यु हुनेको संख् ...

पुटिनलाई युक्रेनमा छ ...

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीवार युरोपले युक्रेनमा आक्रमण रोक्न क्रेमलिनलाई छुट दि ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved