दोलखा । दोलखाको बैत्यश्वर गाउँपालिका वडा नं १ र २ को मतदान केन्द्रमा गएरातीदेखि झडप हुँदा अहिलेसम्म मतदान सुरु हुन सकेको छैन । यहाँ गएरातिदेखि नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रबीच त्रिपक्षीय झडप भएको थियो । जसले गर्दा मतदान कार्य प्रभावित भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । सर्वदलीय बैटक बसेर मतदान सुरु गर्नेबारे सहमतिको प्रयास भइरहेको छ प्रहरीले वताएको छ।
त्रिपक्षीय झडप नियन्त्रणमा लिन प्रहरीले गोलीसमेत चलाएको छ । प्रहरीका अनुसार शुक्रबार बिहान पनि मतदान सुरु हुन लागेकै बेला झडप भएको थियो । मतदानस्थलमा बाहिरबाट ढुंगा हानाहान भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन दुई राउण्ड हवाई फायर गरेको जनाएको छ । ढुंगा प्रहार गर्दै बुथ कब्जा गर्ने प्रयास भएपछि प्रहरीले हवाई फायर गरेको दोलखा प्रहरी प्रमुख डिएसपी गंगा पौडेलले बताए ।
मतदाता आउने बाटोमा अवरोध गरेर कांग्रेस र एमालेका कार्यकर्ताहरूले बुथ कब्जा गर्न खोजेका थिए । त्यस्तै वडा नं ३ भिडौमा पनि मतदान सुरु हुने क्रममा झडप भएको थियो । यहाँ सर्वदलीय बैठक बसेर मतदान कार्य सुरु भइसकेको छ । यता सधैं बुथ कब्जा हुने तामाकोसीका मतदान केन्द्रमा भने शान्तिपूर्वक मतदान भइरहेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved