काठमाडौं । बिहान ७ बजेदेखि सुरु भएको स्थानीय तह निर्वाचनमा दिउँसो २ बजेसम्म ४१ प्रतिशत मतदान सम्पन्न भएको निर्वाचन आयोग कार्यालयले जनाएको छ। बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहनेछ ।
आयोगका अनुसार कपिलवस्तुको महाराजगञ्ज नगरपालिका र दाङको तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर १७ बाहेकका सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान भइरहेको हो।
बिहान ७ बजेदेखि सुरु भएको मतदानमा केही स्थानमा छिटफुट घटनाबाहेक हालसम्म शान्तिपूर्ण मतदान भइरहेको छ निर्वाचन आयोगले जनाएको छ। आज ७५२ स्थानीय तहका लागि १० हजार ७५६ मतदान स्थलमा २१ हजार ९५५ मतदान केन्द्रमा मतदान भइरहेको छ।
आजको मतदान देशभर शान्तिपूर्ण रुपमा चलिरहे पनि केही स्थानमा झडप भएको छ। केही स्थानमा प्रहरीले गोली चलाउनुपर्ने अवस्था आएको छ। हालसम्म प्राप्त सूचनाका अनुसार ७ जिल्लामा गोली चलेको छ। मतदानका क्रममा दलका कार्यकर्ताहरूबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले हवाइ फायर गरेको हो।
छिटफुट घटनाबाहेक शान्तिपूर्ण तथा उत्साहजनक रुपमा मतदान भइरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved