काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाको १ नम्बर वडामा नेकपा एमालेको पूरै टिम विजयी भएको छ।
उक्त वडामा एमालेका सुरेन्द्र लामा र उनको पूरै टिम विजयी भएको हो। उनले ८४५ मत ल्याए। लामाका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उत्तमकुमार खड्काले ४७४ मत प्राप्त गरे।
दमक नगरपालिकामा एमालेको अग्रता
झापाको दमक नगरपालिकामा नेकपा एमालले सुरुवाती अग्रता लिएको छ ।
२०० मत गन्दा मेयर पदमा नेपाली कांग्रेस, एमालेकी गीताकुमारी पौडेल अधिकारीले ९६ मत पाएकी छन् भने नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राप्रपाका संयुक्त उम्मेदवार रामकुमार थापाले ७६ मत प्रप्त गरेका छन् ।
उपमेयरमा भने कांग्रेस–माओवादी–राप्रपा गठबन्धनको उम्मदेवारले अग्रता लिएको छ । गठबन्धनका उम्मदेवार रेगिना भट्टराई ९० प्राप्त गरेका छन् भने एमालेका अम्वीका प्रसाद खनालले ७६ मत प्राप्त गरेका छन् ।
दमक एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर हो ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved