सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधानको रक्षा र संसदको नियन्त्रणमा रहि जन केन्द्रित शासन प्रणाली सहितको राजसंस्था ल्याइने बताएका छन् । सोमबार राप्रपा नेपालको निर्वाचन अभिमुखिकरण बैठकमा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर पुगेका राप्रपा अध्यक्ष थापाले संचारकर्मीहरु संग कुरा गर्र्दैसार्वभौमसत्तालाई बचाउन बलियो राष्ट्रबादी संस्था आवश्यक रहेको भन्दै विभिन्न षड्यन्त्रमा पारेर विस्थापित गरिएको राजसंस्थालाई नयाँ र लोकतान्त्रिक तरिकाले स्थापित गर्नुपर्ने बताउनु भएको हो ।
‘बिगतका इतिहाँस र त्याग तपस्या अनुसार पृथ्वीनारायण शाहको बंशज नै राजा हुनुपर्ने, संसद र संविधानको रक्षागर्ने व्यक्तिलाई नै राजा बनाउने व्यवस्थालाई हामीले परिकल्पना गरेका छौं ।’ उनले भने,’ संसद र संविधानले अयोग्य ठहराएमा राजा फेर्न सकिने गरी हिन्दु राष्ट्र र राजसंस्था सहितको लोकतन्त्रको पक्षमा आवाज उठाइरहेका छौं।’
उनले अहिले संविधान संशोधन गर्न सत्तारुढ नेकपाले खोजिरहेको बताउँदै नेकपाले संविधानको मर्मविपरित संसोधन गरि आफ्ना नेताहरुलाई अवसर दिन खोजेको आरोप लगाए । ‘संविधान संशोधन नै गर्ने भए ८० प्रतिशत हिन्दु भएको नेपाललाई हिन्दु राष्ट्रु बनाई राजसंस्थाको पुर्नस्थापना गर्नु प¥यो ।’अध्यक्ष थापाले भने,’संविधान निर्माताको परिकल्पना निर्वाचन हारेकालाई प्रधानमन्त्री बनाउने होइन । सत्तारुढ नेकपाले आफ्नो स्वार्थका लागि संविधान संशोधनको तयारी गरेको छ ।
‘एमसीसी भित्रका विषय संशोधन गरेर ल्याउँदा राष्ट्रको हितमा हुन्छ
अध्यक्ष थापाले एमसीसी भित्र रहेका प्राविधिक विषयहरुलाई संशोधन गरेर ल्याउँदा नेपालको हितमा हुने बताए ।
सत्तारुढ दल भित्रका आपसी झगडा, विवादका कारण विभिन्न भ्रमपुर्ण अभिव्यक्ति आएको बताउँदै उनले यो विषयमा सरकारले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने सुझाव दिए । ‘तुलनात्मक रुपमा यो सम्झौताका लागि राप्रपाको पनि सानो भुमीका रहेको छ । तर खासगरी अहिलेका सत्तारुढ र प्रतिपक्ष दलका जिम्मेवार व्यक्तिहरु नै हस्ताक्षरका लागि आन्तरिक भागबण्डामा जुटेका थिए ।’ उनले भने,’ आफ्नो सम्झौता र हस्ताक्षरमा उहाँहरु अहिले किन अडान लिन सक्नु भएन ।’
पार्टी एकताको प्रसंगमा पत्रकारहरुले राखेको प्रश्नमा उनले एकताको लागि सदैव ढोका खुल्लै रहेको बताए । ‘हामी बीच पार्टीको सिद्धान्त, विचार, चुनाव चिन्ह, नेतृत्व, संरचना सबैमा सहमति भइसकेको छ । पशुपति शमसेर जबरा र डा।प्रकाशचन्द्र लोहनी जी ले केहि समय माग गरेका कारण रोकिएको छ ।’ उनले भने,’ अहिले हामी संगठन निर्माणमा हिडेका छौं । देशमा भ्रष्टाचार बढिरहेको र धर्म परिर्वतन, बेरोजगारी समस्या, बाह्य शक्तिको दबाब तथा प्रभाव पनि बढिरहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved