काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार आफ्नो ६९औं जन्मदिन मनाए । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आइतबार बिहान जन्मदिन मनाएका प्रधानमन्त्री ओली दिउँसो आफ्नो पुख्र्यौली गाउँ तेह्रथुमस्थित आठराई पुगेर मनाए । बालुवाटारमा मनाएको उनको जन्मदिनले खासै चर्चा नपाए पनि आठराईमा पुगेर मनाएको कार्यक्रमले चर्चामात्रै पाएन आलोचनाको सिकार पनि बन्यो । आठराईमा मनाएको प्रधानमन्त्री ओलीको जन्मोत्सव कार्यक्रमलाई राजसीको संज्ञा पनि धेरैले दिए ।
दिन पनि किन नदिउन , जवकी आइतबार बिहान बालुवाटारमा केक काटेर जन्मदिन मनाएका प्रधानमन्त्री ओली दिउँसो मन्त्री, सरकारी अधिकारी, नेता कार्यकर्ताको लावालस्कर लगाएर चारवटा हेलिकप्टरमा आठराईमा पुगेर १५ किलोको केक काटेर जन्मदिन मनाए । जहाँ ६ हजार जनालाई भोज खुवाइएको थियो । अझ कतिपयले १० हजार जनालाई खुवाइएको पनि बताइएको छ । प्रधानमन्त्री ओलीको जन्मोत्सव मनाउन आठराई गाउँपालिकाले सार्वजनिक बिदा नै दिएको थियो ।
निकै तामझामका साथ प्रधानमन्त्री ओलीले आठराईमा मनाएको जन्मोत्सव कार्यक्रममा कति खर्च भयो होला रु झापादेखि क्याटरिङ आठराईमा लगेर ६ हजारलाई खुवाइएको भोज र विभिन्न बाँडिएको सामानको खर्च कति भयो होला रु आममानिसको जिज्ञासा भइरहेका बेला नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायले करिब डेढ करोड खर्च भएको अनुमान लगाएका छन् ।
उनका अनुसार केमा कति खर्च भयो हेर्नुस यो बिबरण -
१. उपस्थित ६ हजार जनालाई भोज (भेज प्लस ननभेज)
झापादेखि क्याटरिङ– ६५० प्रति प्लेटका दरले ६ हजार जनाको ३९ लाख रुपैयाँ
२. दुई हजार थान डायरी र पेन वितरण– औसत रू ५००प्रति सेटको १० लाख रुपैयाँ
३. करिब १००० थान टोपी र ज्याकेटको औसत १५ सयप्रति सेटको १५ लाख रुपैयाँ
४. चार वटा हेलिकप्टर खर्च ९ कम्तिमा एउटा हेलिकप्टरको २ लाख रुपैयाको दरले ८ लाख रुपैयाँ
५. दुई हजार थान साडी र पछ्यौरा ३ हजारका दरले ६० लाख रुपैयाँ
६. अन्य सरकारी खर्च १० लाख रुपैयाँ
पूर्व सचिव उपाध्यायले प्रधानमन्त्री ओलीको जन्मोत्सवको कूल खर्च १ करोड ४२ लाख रुपैयाँ न्युनतम निकाल्दै सालाखाला करिब डेढ करोड रुपैयाँ खर्च भएको अनुमान लगाएका छन् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved