धनगडीमा २ वार्षदेखी बिग्रीएका सिसि क्यामरा अझै बननेन्

  • फाल्गुन १३, २०७६
  • कालापानी मिडिया
alt

१३ फागुन, कैलाली।तत्कालीन प्रहरी उपरिक्षक राजेन्द्र विष्ट जिल्ला प्रहरी कार्यालय कैलालीको प्रमुख रहेका बेला २०७३ साल माघमा उद्योग वाणिज्यसंघको सहकार्यमा तामझामका साथ धनगढी बजार क्षेत्रमा सीसी क्यामेरा जडान गरिएको थियो। अपराधिक गतिविधी नियन्त्रण र चोरी, डकैती, दुर्घटना गरी भाग्नेलाई पक्राउ गर्न सजिलो होस् भन्ने उद्देश्यले जडान गरेको ती क्यामेरा केही समय बित्न नपाउँदै बिग्रिएपनि अहिले सम्म कुनै निकायले मर्मत गरेको छैन्।

सीसी क्यामेरा प्रयोग विहिन भएकै कारण धनगढीमा दिनदहाडै हुने अपराधिक गतिविधीमा संलग्नहरुको पहिचान गर्न चुनौती खेप्नुपरेको छ। तर अहिले कैलाली उद्योग वाणिज्य संघ र जिल्ला प्रहरी कार्यालय एकअर्कालाई देखाएर पन्छीरहेका छन्। तैपनी बिग्रिएका क्यामेरा मर्मत सम्भारका लागि पहल भईरहेको कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाको दावी छ।

ओझाले सीसी क्यामेरा मर्मत सम्भार गर्ने विषयमा जिल्ला प्रहरी र धनगढी उपमहानगरपालिकासंग छलफल भईरहेको बताए। उनले यसअघि राखिएका क्यामेरा मर्मत सम्भार गर्दैै थप राख्नुपर्ने आवश्यकता पनि देखिएको बताएका छन्। तर धनगढीको मुख्य सडक विस्तार गर्दा अहिलेका संचरना, पोल सारिने हुँदा तत्काल ती काम अगाडी बढाउन नसकिएको दावी गरे।

तर अर्थ मन्त्री युवराज खतिवडा धनगढी आएका बेला सडक विस्तारको कामलाई चाडो अगाडी बढाउन आग्रह गरिएको उनी बताउँछन्। जिल्ला प्रहरी कार्यालयले भने सीसी क्यामेरा जडान, मर्मत सम्भारका लागि छुट्टै बजेट नहुने हुँदा समस्या भएको दावी गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक सुदिप गिरीले आफूहरुसंग सीसी क्यामेरा मर्मत सम्भार र जडान शिर्षकमा बजेट नहुने बताए।

तर यसअिघ उद्योग वाणिज्य संघले बजार क्षेत्रमा जडान गरेको क्यामेरा मर्मत सम्भारका लागि पटक पटक आग्रह गर्दा पनि हाल सम्म कुनै पहल हुन नसकेको बताए। ‘बिग्रिएका क्यामेरा मर्मत सम्भारका लागि उद्योग वाणिज्य संघसँग आग्रह गरेको छु, गर्छु भनेर आश्वासन पाएपनि अहिले सम्म भएको छैन्।’ प्रहरी उपरिक्षक गिरीले भने।

तत्कालीन समयमा धनगढीका बैँक तथा बित्तिय संस्था, व्यापारी र अन्य व्यक्तिहरुबाट मात्रै १७ लाख ५६ हजार बजेट जम्मा भएको थियो। उद्योग वाणिज्य संघ कैलालीको दुई लाख र युएनडीपी साढे चार लाख खर्च गरी १२ वटा सीसी क्यामेरा जडान गरिएको थियो। ती मध्ये जिल्ला प्रहरी र हुलाक कार्यालय अगाडी बाहेक अन्य स्थानका १० क्यामेरा दुई वर्ष अघि देखि बिग्रिएका छन्।

तर बिग्रिएका क्यामेरा मर्मत सम्भार नगरी जिल्ला प्रहरी कार्यालय कैलालीले नयाँ क्यामेरा जडान गर्ने तयारी गरेको छ। प्रदेश सरकारले दिएको ३० लाखको बजेटमा बजार क्षेत्रमा नयाँ क्यामेरा जडान गरिने कैलालका प्रमुख प्रहरी उपरिक्षक सुदिप गिरीले जानकारी दिए। हेडक्वाटरबाट विज्ञ टोली बोलाएर अपराधिक गतिविधी बढी हुने क्षेत्रलाई मध्यनजर गरी सीसी क्यामेरा जडान गर्न गुरु योजना बनाईएको उनले बताए।

धनगढीमा सीसी क्यामेरा सोही अनुसार पहिलो चरणमा प्रदेश सरकारले दिएको ३० लाख बजेटमा बजार क्षेत्रमा सीसीमा क्यामेरा जडान गर्न टेण्डर प्रक्रिया सुरु गरिएको उनी बताउँछन्। तर धनगढीमा जडान गरिएका सिसी क्यामेरा काम नलाग्ने अवस्थामा पुगेपछि अपराधिक गतिविधी नियन्त्रणमा चुनौती थपिदै गएको छ। प्रदेशको अस्थायी राजधानी भईसकेका बेला बजारमा थप क्यामेरा जडान गरिनु राम्रो पक्ष भएपनि लाखौँ खर्चेर यसअघि जडान गरिएका क्यामेरा पनि मर्मत सम्भार गर्नुपर्ने आवश्कयता छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
संयुक्त टोलीले गर्यो ...

इनरुवा । सुनसरीस्थित सशस्त्र प्रहरी बल–४ नम्बर गण र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संयुक्त ...

नारायणगढ-मुग्लिन सडक ...

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको सत्र किलोमा शुक्रबार बिहान बस र हायस ठोक्किँदा मृत्यु हुनेको संख् ...

पुटिनलाई युक्रेनमा छ ...

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीवार युरोपले युक्रेनमा आक्रमण रोक्न क्रेमलिनलाई छुट दि ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved