नेपाली पोशाक राम्रो तर नेपाली कपडा उद्योग सञ्चालन गर्ने योजना खोइ ?: अध्यक्ष लिङ्देन

  • जेठ १८, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट निर्वाचन केन्द्रित रहेको टिप्पणी गर्नु भएको छ ।

अध्यक्ष लिङदेनले ललिपपजस्तो मानिसहरुलाई भूल्याउने गरी सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको उल्लेख गर्दै त्यसप्रति आपत्ति जनाउनु भयो ।

बुधबार प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उहाँले बजेटले चर्को मूल्यवृद्धि रोक्ने, मुलुकको आर्थिक संकट समाधान गर्ने कुनै प्रयास नगरेको दावी गर्नु भयो ।

अध्यक्ष लिङदेनले बजेटले जनताको जीवनमा परिवर्तन ल्याउने कुनै योजना प्रस्तुत गर्न नसकेको समेत बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘बजेटको कुरा गर्दा अहिले मात्रै हामीले वितरणमुखि बजेट ल्याएको हो, अहिले मात्रै हामीले यस्तो बजेट ल्याएको हो ? भनेर टार्ने र जवाफ दिने खालको आउछ । यो हाम्रो लागि र हामी कसैको लागि पनि सुखद कुरा होईन । यो बजेटको जव हामीले कुरा गर्छौ अहिलेको बजेट इमान्दारीपूर्वक भन्नु पर्छ–कि यसले हाम्रो जीवनमा परिवर्तन गर्न सक्दैन । देशमा अहिले जुन प्रकारको आर्थिक संकट देखिदै गएको छ । जुन प्रकारको मूल्यवृद्धि देखिँदै गएको छ । त्यसलाई रोक्नेतर्फ यो बजेट उन्मुख छैन । यो बजेट केवल निर्वाचनलक्षित छ । आगामी निर्वाचनलाई केन्द्रमा राखेर ल्याइएको छ । यो बजेटको स्रोत के हो, यसको कार्यान्वयनका आधारहरु के हुन ? कहीँ पनि स्पष्ट छैन । यो सदाझै बजेट अनुमान, यति आम्दानी हुन्छहोला । अनि, यति अनुदान पाईन्छ होला, यति ऋण लिईन्छ होला त्यसको आधारमा चाँही बनाइएको छ । कति राम्रो कुरा छ कि–एकैघण्टामा चितवन पुग्ने । तर त्यसका आधार के हुन, स्रोत के हुन ? यी सबैबाट के देखिन्छ भने यो बजेट एउटा ललिपपको रुपमा मानिसहरुलाई भुल्याउने गरी मात्रै ल्याइएको छ । हेटौंडा कपडा उद्योगबाट उत्पादित लुगाचाँही सबैले लगागनुपर्ने कति राम्रो कुरा जस्तो लाग्छ । आम मान्छेले सुन्दा कति राम्रो कुरा ल्यायो यो सरकारले भन्छ । उद्योग कहिले चल्ने हो, कहिले उत्पादन गर्ने हो ? उद्योग चलाउने संयन्त्र के हो ? थाहा छैन ।’

अध्यक्ष लिङदेनले सरकारले ल्याएको बजेट स्रोतको एकीन नगरी अनुमानको भरमा आएको पनि बताउनु भयो । उहाँले बजेटमा हेटांैडा कपडा उद्योग संचालन गर्ने संयन्त्रको टुंगो नलगाई त्यसको कपडा प्रयोग गर्ने हावादारी कुरा गरिएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विश्वभर ८२ लाख नयाँ ...

काठमाडौं । स्वास्थ्य संगठन (डब्लूएचओ) ले गत वर्ष विश्वभर ८२ लाख नयाँ क्षयरोग (टीबी) का बिरामी पत्ता ...

तिहारको दोस्रो दिन ब ...

काठमाडौं : तिहारको दोस्रो दिन बिहीबार बिहान कुकुरतिहार मनाइँदै छ भने साँझ लक्ष्मीपूजा पनि गरिँदैछ। ...

अन्नपूर्ण आधार शिविर ...

म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved