आज संघीय संसदका दुवै सदनको बैठक

  • जेठ २४, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल आज पनि जारी रहने भएको छ। विहान साढे ११ बजे बस्ने बैठकमा विनियोजन विधेयक २०७९ को विभिन्न शीर्षकमाथि छलफल हुने संसद सचिवालयले जनाएको छ।

संसद सचिवालयका अनुसार आजको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय,वन तथा वातावरण मन्त्रालय,संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत विनियोजन विधेयकका शीर्षकमाथि छलफल हुने सम्भावित कार्यसूची रहेको छ। हिजोको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गत चार मन्त्रालयका विभिन्न शीर्षकमा छलफल भएको थियो।

यस्तै राष्ट्रिय सभा बैठक पनि आज बस्दैछ। आजको बैठकमा प्रधानमन्त्री शेर बहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१ औं वार्षिक प्रतिवेदन,२०७७/०७८,लोक सेवा आयोगको वार्षिक प्रतिवेदन २०७७/०७८,राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन २०७७/०७८ पेश गर्नु हुने छ।

त्यस्तै प्रधानमन्त्री देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन,२०७६/०७७ र २०७७/०७८ तथा थारु आयोगको वार्षिक प्रतिवेदन,२०७७/०७८ पेश गर्ने सम्भावित कार्यसूची छ। राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बोलाइएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विश्वभर ८२ लाख नयाँ ...

काठमाडौं । स्वास्थ्य संगठन (डब्लूएचओ) ले गत वर्ष विश्वभर ८२ लाख नयाँ क्षयरोग (टीबी) का बिरामी पत्ता ...

तिहारको दोस्रो दिन ब ...

काठमाडौं : तिहारको दोस्रो दिन बिहीबार बिहान कुकुरतिहार मनाइँदै छ भने साँझ लक्ष्मीपूजा पनि गरिँदैछ। ...

अन्नपूर्ण आधार शिविर ...

म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved