काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग पार्टीका दुई महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले भेट गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा पार्टीका भ्रातृ संस्थाको अधिवेशन र अमेरिकी सेनाको स्टेट पार्टनरसीप प्रोगाम एसपिपी मा आबद्धताबारे छलफल भएको थियो ।
भेटमा महामन्त्रीद्वय थापा र शर्माले राष्ट्रिय सहमति निर्माण गरी एसपिपीमा कहिल्यै सहभागी नहुने गरी अमेरिकालाई पत्राचार गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।
महामन्त्रीद्वयले लामो समयदेखि पार्टीको भ्रातृ एवं शुभेच्छुक संस्थाको अधिवेशन नभएको भन्दै चाँडो अधिवेशन गर्ने वातावरण निर्माण गर्न आग्रह समेत गरेको बताइएको छ ।
यसबाहेक नीति महाधिवेशन, केन्द्रीय समितिको बैठक, विभाग गठनलगायतको विषयमा छलफल भएको महामन्त्री विश्वप्रकाश शर्माको भनाई छ ।
उनिहरुले भेटका क्रममा रेलमार्गमा परेको जग्गा रोक्का राखे पनि जग्गाधनीले मुआब्जा नपाएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved