काठमाडौंः सरकारले अमेरिकासँगको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता फिर्ता लिन नेपाली सेनालाई निर्देशन दिने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघि नेपालले प्रस्ताव गरी अमेरिकाबाट स्वीकृत भएको सम्झौता फिर्ता लिने प्रक्रिया अघि बढाउन निर्देशन दिने निर्णय गरेको हो ।
सो निर्णयपछि अब एसपीपी फिर्ता लिन औपचारिक प्रक्रिया सुरु हुनेछ । यसअघि सत्ता पक्ष र प्रतिपक्ष दुवैले एसपीपी सम्झौता कार्यान्वयन गर्न नसक्ने बताउँदै आएका थिए ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved