काठमाडौं । पूर्व संचारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता नगर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ ।
काभ्रेपलाञ्चोकका मनोज पण्डित, राजकुमार बजगाईँ लगायतका व्यक्तिहरुले लामिछाने नेतृत्वको स्वतन्त्र पार्टी दर्ता रोकको माग गर्दै आयोगमा निवेदन दिएका हुन्।
स्वतन्त्र शब्दको आफैमा महत्व रहेको र यसलाई दलको नाम दिँदा स्वतन्त्र उम्मेदवारहरुमा असहज परिस्थितिको निर्माण हुने निवेदनमा उल्लेख छ।
यसले जनतामा भ्रम र अन्योल उत्पनन गरी स्वतन्त्र शब्दको अपव्याख्या हुने अवस्था भएकाले उक्त दलको नामको विषयमा गहन विश्लेषण गरी निर्णय लिनुहुन अनुरोध गरिएको व्यहोरा उक्त निवेदनमा उल्लेख छ ।
यसका साथै अन्य स्वतन्त्र ब्यक्तिहरुले पनि आयोगमा पुगेर उजुरी दर्ता गरेको बताइएको छ ।
उजुरीका बारेमा आयोगले अध्ययन गरेर छिट्टै निर्णय लिने बताइएको छ भने पार्टी खोलेका लामिछानेलाई भने यो नामले थप विवादित बनाउने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved