काठमाडौं । नेकपा एकीकृत समाजवादीका मन्त्रीहरुले राजीनामा दिए सँगै मन्त्रिपरिषद् पुनर्गठन भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपतिले मन्त्रिपरिषद् पुनर्गठन गरेकी हुन् ।
आइतबार साँझ एकीकृत समाजवादीका मन्त्रीहरूले राजीनामा दिएसँगै नयाँ मन्त्री नियुक्त भएका हुन् ।
एकीकृत समाजवादीबाट जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी सहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका छन् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved