काठमाडौं । नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराईले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई सन्यास लिएर बस्न सुझाव दिनुभएको छ ।
प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद भट्टराईले अध्यक्ष नेपाल राजनीति र जीवन दुवैको उत्तराद्र्धमा रहेकोले सन्यास लिएर बस्न सुझाव दिनुभएको हो ।
उहाँले केही दिनअघि अध्यक्ष नेपालले १० भाई एमालेका दास हौ, तिमीहरुले हाम्रो खैरो खन्छौ भन्ने भाषण गरेकोप्रति सांसद भट्टराईले माधव नेपाल जत्तिको शीर्ष नेताले सम्हालिएर बोल्नुपर्ने बताउनु भयो ।
उहाँले समाजवादीका अध्यक्ष नेपाल राजनीतिबाट नै अवकाश लिने बेलामा अर्को पार्टी बनाउँछु भन्दै धुलो उडाउनुको तुक नरहेको पनि स्पष्ट पार्नुभयो । सांसद भट्टराईले आपूले गरेका गल्तीहरुलाई आत्साथ गर्दै नयाँ पुस्तालाई राजनीति, पार्टी, मुलुक सुम्पेर आफू आनन्दले बस्न सुझाव दिनुभयो ।
त्यस्तै नेकपा एमालेका सांसद शेरबहादुर तामाङले सबै नेताहरुले घमण्ड त्यागरेर समीक्षा गर्न जरुरी रहेको बताउनु भयो । उहाँले कम्युनिष्टहरुको जनमत लगभग दुई तिहाइ भएपनि विभाजित हुँदा त्यसको अर्थ नदेखिएको बताउनु भयो ।
त्यस्तै नेकपा एमालेका सांसद खगराज अधिकारीले मुल घरमा फर्किन चाहनेहरुलाई एमालेले स्वागत गर्ने बताउनु भयो । उहाँले आफ्नो बाटो गलत भयो भनेर समीक्षा गर्नेहरुलाई एमालेले क्षमता अनुसारको जिम्मा दिने पनि बताउनु भयो ।
सांसद अधिकारीले नेकपा एमालेसँग विभाजित भएर जानु आफ्नै गल्ती रहेको कुरा एकीकृत समाजवादीका पछिल्ला कार्यहरुले पुष्टि गरेको दाबी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved