कसले सुन्ने पिउलीको कथा ? अनि कसले देख्ने पिउलीका बाबुको आँसु ?

  • फाल्गुन १४, २०७६
  • कालापानी मिडिया
alt

प्रदिप मलासी ।
बझाङ । बझाङको साईपाल गाउँपालिका ४ की पिउलीकुमारी रोकाया अहिले १४ बर्ष टेकिन । उनी एक बर्षको हुँदा आँखा देख्थिन । तर, दुई बर्ष पूरा हुन केही दिन बाँकी हुँदा उनी झाडापखालाले थला परिन ।

नजिकै स्वास्थ्य चौकी समेत नभएको र घरको आर्थिक अवस्था समेत निकै नाजुक भएका कारण उनका अभिभावकले उनको उपचार गर्न सकेनन् । करिब २ महिना सम्म उनी थलापरिन् ।

उनका अभिभावकले छोरी बाँच्दैन भन्दै आँश नै मारी सकेका थिए । तर उनी बाँचिन् । उनको स्वास्थ्य त बिसो भयो तर, एकाएक आँखा नदेख्ने भइने । छोरी आँखा देख्न नसक्ने भएपछि कसैले रतन्धो लागेको त कसैले देवी देउता लागेको भन्दै कुरा काट्न थाले ।

उनका परिवारका सदस्य पनि धामीझाँक्री तर्फ नै बढी लागे । त्यो उनको परिवारको बाध्यता थियो । घर छोडेर बाहिर निस्कन र छोरीको उपचार गराउनका लागि आर्थिक अवस्था समेत थिएन ।

गाँउलेको घरमा काम गरेर छोराछोरी र आफ्नो परिवारको पेट पाल्पदै परिवार चलाउनु उनको परिवाको दैनिकी थियो । जसका कारणले उनको उपचार गराउन सम्भव भएन । फलस्वरुप अहिले सम्म उनि अन्धकारमय जीवन वितान बाध्य छिन ।
गाँउका छरछिमेकी मात्रै होइन अन्यत्रबाट गाउा आउने सबैले छोरीको उपचार गराए बिसो शुने सल्लाह दिन्छन् । तर त्यो सल्लाह सुन्ने बाहेक अरु उपाय पिउलीका आमा बाबु संग छैन । बस छोरीको अन्धाकारमय जिवन हेर्दै रोएर मात्रै बस्ने गरेको छ उनको परिवार ।
स्थानीय सरकार अर्थात गाउँपालिका भै सकेपछि गाउँपालिकाले सहयोग गर्ने भन्दै गाँउपालिकाका अध्यक्ष राजेन्द्र बहादुर धामीले आश्वसन दिएपछि उनका बुबा गंगाराम रोकायाले छोरीको आँखाको उपचार गराउन कैलालीको गेटा आँखा अस्पतालमा लगे । गाउँपालिकाले २५ हजार सहयोग समेत गरेको रोकायाले बताए । सहयोग पछि पिउलीको दुबै आँखाको शल्यक्रिया २०७५ पुष महिनामा गरिएको थिाये। एक महिनापछि डाक्टरले फेरी चेकजाँच गर्न गेटा आँखा अस्पताल कैलालीमा अनिवार्य आउनु भनेको थियो ।

तर, गाउँमा माघ महिना भरी बाक्लो हिमपात भयो । आफुसंग टिकट काट्न समेत पैसा नभएका कारण छोरीलाई लिएर उपचार गर्न जान नसकेको पिउलीका बुवा गंगारामले बताए । अहिले गाँउकै युवाहरु मिलेर सदरमुकाम चैनपुरमा चन्दा संकलन गर्दै आएका छन् । रोकायाले त्यही चन्दा संकलन गरेको रकममा पिउलीको उपचार गर्ने आशा गरेका छन् ।
यता पिउली भने दिन प्रतिदिन ठूली हुदै गएकी छिन । उनि सबै कुरा बुझने भइसकेकी छिने । त्यसैले त उनि आफ्ना बुवा संग बाबा म आँखा देख्ने हुन्छु नि रु मैले पनि अन्य जस्तै स्कुल पढ्न पाउछु नी ? कस्तो छ बुबा बाहिरको संसार, अनि आमा,बुबा, दाजुभाई दिदी बहिनीको अनुहार कस्तो छ ? भनेर सोध्ने गरेको पिउलिका बुवा गंगाराम बताउँछन् ।

जस्को जबाफ गंगारामसंग छैन र उनी केही बोल्न पनि सकिरहेका छैनन् । उनले आफ्नो जमिन पाखो भएका कारण विक्री गर्न समेत नमिल्ने गुनासो गरे । पिउलीको आँखाको उपचारका लागि भन्दै कसैले २ सय कसैले एक हजार कसैले ५ सय गर्दै ६० हजार जम्मा भएको चन्दा संकलन गर्न लागेका छिमेकी राम बहादुर बोहराले बताए ।
सबै भन्दा बढी गाँउपालिकाका अध्यक्ष राजेन्द्र बहादुर धामीले ब्यक्तिगत दश हजार सहयोग गर्नु भएको छ । संकलन भएको रकम पनि अभाव हुने भएका कारण छोरीको उपचारमा बाधा पुग्ने भन्दै गंगारामले सम्पूर्ण सहयोगी मनहरुलाई सहयोगको अपिल समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
संयुक्त टोलीले गर्यो ...

इनरुवा । सुनसरीस्थित सशस्त्र प्रहरी बल–४ नम्बर गण र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संयुक्त ...

नारायणगढ-मुग्लिन सडक ...

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको सत्र किलोमा शुक्रबार बिहान बस र हायस ठोक्किँदा मृत्यु हुनेको संख् ...

पुटिनलाई युक्रेनमा छ ...

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीवार युरोपले युक्रेनमा आक्रमण रोक्न क्रेमलिनलाई छुट दि ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved