काठमाडौंः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेमा माओवादीको बीउ रोपेर आएको टिप्पणी गर्नुभएको छ ।
बुधवार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष दाहालले नेकपा एमालेमा तीन वर्षसम्म बीउ रोपेर आएको टिप्पणी गर्नुभएको हो ।
एमालेमा ३ बर्षसम्म रोपेको माओवादीको विउ केही समयपछि फुल्ने र फल्ने दाहालको भनाइ छ । उहाँले नेकपा एमालेभित्र पनि सच्चा कम्युनिष्ट रहेको र उनीहरुलाई पनि समेटेर जानुपर्ने अहिलेको आवश्यक्ता भएको बताउनु भयो ।
अध्यक्ष दाहालले एमालेमा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व नरहने हो भने एमालेका नेता र कार्यकर्तालाई पनि सँगै समेटेर जान सकिने उल्लेख गर्नुभयो ।
अध्यक्ष दाहालले सबै माओवादी मिल्नुको विकल्प नरहेको भन्दै नेत्रविक्रम चन्द र मोहन वैद्य लगायतका नेताहरुलाई माओवादीमै फर्किन आग्रह गर्नुभयो । उहाँले आफूबिना कसैलेपनि माओवादी आन्दोलनलाई एकीकृत र केन्द्रिकृत गर्न नसक्ने दाबीसमेत गर्नुभयो ।
एमालेका उपाध्यक्ष रामबहादुर थापाप्रति लक्षित गर्दै अध्यक्ष दाहालले आफ्नो उदारतावादीले कहिलेकाहीँ धोका खाएको बताउनु भयो । कार्यक्रममा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य ओमप्रकाश पुनसहितका ५२ जना नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved