काठमाडौं । आगामी शनिबारसम्म मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मुलुकभर उल्लेख्य मौसमी प्रणाली विकास नभएकाले बिहिबारदेखि शनिबारसम्म सामान्य वदली बाहेक मौसम सफा रहने विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आउँदो शनिबारसम्म दिउँसो तथा साँझपख पूर्वी, मध्य र पश्चिमी भेगका एकाध ठाउँमा आंशिक बदलीबाहेक मौसममा उल्लेख्य बदलाव नआउने महाशाखाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved