काठमाडौं । सरकारले नागरिकतासम्बन्धी विधेयक संसद्बाट फिर्ता लिएको छ ।
सरकारले लामो समयदेखि छलफलमा रहेको उक्त विधेयक संसद्बाट फिर्ता लिएर अध्यादेश ल्याउन खोजेको हुनसक्ने अनुमान गरिएको छ ।
सरकारले २०७५ सालमा पेस गरेको नागरिकता विधेयक प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल भई पारित भइसकेको छ ।
प्रतिनिधिसभा पेस भएको उक्त विधेयकमा नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई तत्कालै नागरिकता दिने वा ७ वर्षपछि दिने भन्ने विषय थियो । यही विषय लामो समयदेखि विवादमा छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved