काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले देश बेचेर खाने पार्टीहरुलाई भोट हाल्नै नदिने चेतावनी दिनु भएको छ ।
एमसीसीमा राष्ट्रघात गर्ने दलहरुलाई आवश्यक परे नेपाली सेनासँग मिलेर भएपनि १० वर्षका लागि प्रतिबन्ध लगाएर भोट हाल्नै नदिने उहाँको जिकीर थियो ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव विप्लवले देश बेचेर खानेहरुलाई नेपाली जनताले भोट हालेर अधिकार दिन नहुने बताउनु भयो ।
आफ्ना केही पुराना साथीहरुले राजासँग नेपाली सेनालाई मिलाएर आफूहरुले अरु पार्टीलाई प्रतिबन्ध लगाउने खोजेको भनाई आएको उल्लेख गर्दै महासचिव विप्लवले देश बेचेर खाने दलालहरुलाई किन प्रतिबन्ध नलगाउने भनि प्रश्न गर्नु भयो ।
महासचिव विप्लवले देश बेच्नेहरुलाई नेपाल प्रहरी र नेपाली सेनाले पनि साथ दिन नहुने बताउनु भयो । उहाँले एमसीसी र एसपीपी सम्झौंता आफ्नो पार्टीलाई कुनै पनि हालतमा स्विकार्य नहुने दोहो¥याउनु भयो ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved