काठमाडौं । राप्रपाका नेता ज्ञानेन्द्र शाहीले ऊर्जा मन्त्री पम्फा भुसालसमक्ष सात प्रश्न राख्दै त्यसको लिखित जवाफ दिन आग्रह गरेका छन् ।
शुक्रबार मन्त्रालयमा पुगेर शाहीले मन्त्री भुसाललाई सात प्रश्न राख्दै त्यसको लिखित जवापल मागेका हुन् ।
ऊर्जामन्त्री भुसालले सक्दो छिटो लिखित जवाफ दिने प्रतिबद्धता जनाएकी छिन् ।
यस्ता छन् उनका सात प्रश्न
१. हामी साविकको कर्णाली वासिन्दा नेपाली नागरिक हौं वा होइनौं ? यदि हो भने देशभरि विद्युत् उपलब्ध हुँदा र भारतलाई सम्म बेच्दा पनि कर्णालीमा विद्युत् किन पुग्न सकेन ?
२. भारतमा दैनिक १७८ मेगावाट विद्युत् प्रतियुनिट रु ११.२ पैसामा बेच्न छोडेर हामी कर्णालीवासीलाई प्रतियुनिट रु १३ रुपैयाँमा बेच्ने कि नबेच्ने ? हामी निःशुल्क होइन किनेर बाल्छौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दैनिक २५० लिटर डिजेलबाट दैनिक करिब ३८ हजार रुपैयाँ यसको समाधान गर्ने कि नगर्ने ?
३. एक वर्षमा ७५ अर्ब १० करोड रुपैयाँ ऊर्जा क्षेत्रमा हुँदा हामी कर्णालीका पाँच जिल्लालाई ३ अर्ब बजेट छुट्याएर १० मेगावाट विद्युत् उत्पादन गर्ने वा नगर्ने गर्ने हो भने कहिले उत्पादन गर्ने ?
४. देशभरि १३२ केभीको लाइन प्रसारण गर्न हुने कर्णालीमा भने ११ केभीको लाइन किन होला रु विद्युत् प्रसारणको नियमानुसार ११ केभी लाइन ५० किमिसम्म मात्र गुणस्तर हुन्छ, तर तपाईंहरुले कर्णालीमा करिब ४०० किमि लोमा ११ केभीको लाइन् तानेर के हामी गरिब जनतालाई बेबकुफ बनाएको ?
५. ३३ केभी प्रसारण लाइन कर्णालीमा कहिले सुचारु गर्नु हुन्छ रु १३२ केभी प्रसारण लाइनको लागि कहिलेसम्म अध्ययन मात्रै गर्नुहुन्छ ?
६. ११ केभी विद्युत् प्रसारण लाइनका लागि १ किमि बराबर २१ वटा पोल चाहिन्छ भन्ने विद्युत् प्रसारणको नियम छ, तर तपाईंहरुले कालीकोटको मान्मादेखि जुम्लासम्म करिब १०० किमिमा कतिवटा पोल छन् ? तपाईंहरुले कालीकोटको मान्मादेखि जुम्ला खलंगासम्म विद्युत्का पोलको अनुगमन र अध्ययन गर्नुभएको छ ? त्यो पोलहरु विद्युत् प्रसारणको लागि बनाएको हो कि लुगा सुकाउन ?
७. कर्णालीमा १३२ केभीको प्रसारण लाइन वा १० देखि १५ मेगावाट विद्युत् कहिलेसम्म पुर्याउने वा उत्पादन गर्नुहुन्छ ?
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved