काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालालाई आफूले प्रधानमन्त्री बनाएको दाबी गरेका छन् ।
शनिबार बुटवलमा पत्रकारहरूसँगको कुराकानीमा अध्यक्ष नेपालले जनआन्दोलनपछि आफूले कोइरालालाई प्रधानमन्त्री बनाएको र पछि उनले आफूलाई प्रधानमन्त्री बनाएको उल्लेख गरे ।
नेता नेपालले भने, "जनआन्दोलनपछि प्रधानमन्त्री हुने म सहमति थियो । तर, मैले ०६३ सालमा उहाँ (गिरिजाप्रसाद कोइराला)लाई प्रधानमन्त्री बनाएको बनाएको थिएँ । मैले लगाएको गुण उहाँले बिर्सिनुएन । पछि ०६६ सालमा उहाँले मलाई प्रधानमन्त्री बनाउनुभएकै हो,"
फरक प्रसङ्गमा उनले पाँचदलीय गठबन्धन आगामी निर्वाचनसम्मै निरन्तरता पाउने बताए ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved