काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले अन्तर्राष्ट्रिय सम्बन्ध विभाग विस्तार गरेको छ।
आइतबार महामन्त्री भुवन पाठक प्रमुख रहेको अन्तर्राष्ट्रिय सम्बन्ध विभागलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले पूर्णता दिएका हुन् ।
अन्तर्राष्ट्रिय सम्बन्ध विभागको सदस्य सचीवमा सगुन सुन्दर लावती लाई नियुक्त गरेका छन । यसैगरी सदस्यमा शोभित उप्रेती, प्रेक्षा मल्ल, लोकनाथ तिवारी, अन्जना चाकुवजी शाह, रोजेश रिजाल, अरुणा ज्ञवाली र विमल प्रताप शाह रहेका छन् ।
यसैगरी पार्टीका प्रवास विभाग प्रमुख आनन्द अधिकारी र प्रवासी नेपाली एकता समाज अन्तर्राष्ट्रिय समितिका अध्यक्ष प्रेम श्रेष्ठ विभागको आमन्त्रित सदस्य तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved