कार दुर्घटनामा महासचिव मैनाली सहित पाँच जना घाइते,घाइतेलाई काठमाडौं ल्याइयो

  • फाल्गुन १५, २०७६
  • कालापानी मिडिया
alt

दिपक पाण्डेय,
१५ फागुन, महोत्तरी । नेकपा मालेका महासचिव सीपी मैनाली चढेको गाडी महोत्तरीको बर्दिवासमा दुर्घटना भएको छ ।

दुर्घटनामा महासचिव मैनाली सख्त घाइते भएका छन् । मैनालीको टाउकोमा गहिरो चोट लागेको छ भने दाहिने खुट्टा भाँचिएको छ । गाडी बीपी राजमार्गस्थित महोत्तरीको बर्दिवास नगरपालिका ३ कालापानीमा दुर्घटना भएको हो ।

87611971_182497043169236_7326058401211875328_n

झापाबाट काठमाडौंतर्फ आउदै गरेको मैनाली परिवार सवार रहेको बा ७ च २१२० नम्बरको कार र विपरीत दिशाबाट जाँदै गरेको ना ४ च ७६८० नम्बरको पिकअप आपसमा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मनौलीका छोरा ३० वर्षीय सरोज, बुहारी पूजा ढुंगाना मैनाली, ५ वर्षीय नाति एन मैनाली र चालक रामप्रसाद पौडेल घाइते भएका छन् ।

88011797_2670022063281847_7182853166382186496_n

दुर्घटनामा मैनाली र बुहारी पूजा सख्त घाइते भएको ईलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । बुहारीका दुवै खुट्टा भाँचिएका छन् । घाइतेहरुको बर्दिवासस्थित बर्दिवास जनसेवा हस्पिटलमा उपचार पछी मध्यपूर्बी पृतना हेडक्वाटर किसाननगर सेनाको एमआई १७ हेलिकप्टरबाट मैनालीलाई काठमाडौं ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
संयुक्त टोलीले गर्यो ...

इनरुवा । सुनसरीस्थित सशस्त्र प्रहरी बल–४ नम्बर गण र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संयुक्त ...

नारायणगढ-मुग्लिन सडक ...

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको सत्र किलोमा शुक्रबार बिहान बस र हायस ठोक्किँदा मृत्यु हुनेको संख् ...

पुटिनलाई युक्रेनमा छ ...

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीवार युरोपले युक्रेनमा आक्रमण रोक्न क्रेमलिनलाई छुट दि ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved