काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा प्रदेश खारेज गर्ने प्रस्ताव राखिएको छ।
केन्द्रीय सदस्य भीम पराजुलीले यस्तै अवस्थामा प्रदेश सरकार रहे यो भन्दा ठूलो वेथिति, नैराष्यता र वितृष्णा बढ्नुका साथै आर्थिक संकट सिर्जना हुने भन्दै खारेजको प्रस्ताव राखेका हुन् ।
यसैगरी उनले धर्म निरपेक्षता हटाउन पनि प्रस्ताव गरेका छन्। धर्मान्तरण भइरहेको बताउँदै धार्मिक स्वतन्त्रता कायम गर्न केन्द्रीय कार्यसमिति अजेन्ड पास गर्नुपर्ने उले पेश गरेको प्रस्तावमा उल्लेख छ ।
'हिन्दु धर्मलाई मुख्य अजेन्डा बनाइ नेपाली कांग्रेसले धर्मनिरपेक्षता हटाइ धार्मिक स्वतन्त्रता कायम गर्न केन्द्रीय कार्यसमितिमा माग गर्दछु,'उनले भनेका छन्।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved