आफुलाई गणतन्त्रको ठेकेदार सम्झनेले नै देश लुटे -कमल थापा

  • फाल्गुन १६, २०७६
  • कालापानी मिडिया
alt

१६ फागुन, इटहरी ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आगामी निर्वाचनमा राप्रपा मुलुकको प्रमुख तिन शक्ति मध्ये एक हुने धारण राख्नु भएको छ । मिडिया नेपाल प्रदेश एकले सुनसरीको इटहरीमा आयोजना गरेको पत्रकार सम्मेलन बोल्दै अध्यक्ष थापाले आगामी निर्वाचनमा जनताको मन जितेर राप्रपा मुलुको प्रमुख तिन शक्ति बन्ने धारणा राख्नु भएको हो ।

87492367_3099985476732141_3805645520257417216_n 1
अध्यक्ष थापाले वर्तमान सरकार तथा आफुलाई गणतन्त्रका ठेकेदार सम्झने सबै दलका नेताहरु आज भ्रष्टाचारको दलदलमा फँसेको आरोप लगाउनु भयो । उहाँले दुई तिहाई सरकार भ्रष्टाचार,बेरोजगारी,धर्मपरिबर्तन नियन्त्रण र आर्थिक समृद्धिको पक्षमा काम गर्न असफल भएको भन्दै राज्य सञ्चालनका क्रममा नीतिगत रुपमा देशमा भ्रष्टाचार नगर्न समेत सरकार संग आग्रह गर्नुभयो ।

88073025_3099985410065481_8686731193367920640_n

उहाँले मुलुकमा बढ्दै गएका यस्ता कार्यहरु रोक्न आम जनताले आवाज उठाउनु पर्ने अवस्था आएको भन्दै राप्रपाले भ्रष्टाचारबिरूद्व प्रदेशस्तरीय अभियानको शुरुवात गरेको समेत जानकारी दिनु भयो । निवर्तमान संचारमन्त्री गोकुलप्रसाद बास्कोटा प्रकरणले झनै मुलुकमा ब्रह्मलुटले निरन्तरता दिएको भन्दै अध्यक्ष थापाले आफुले १० वर्षदेखी निरन्तर उठाउदै आएको सम्पत्ति छानबिनको मुद्दा लागु गर्नुपर्ने बेला आएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
संयुक्त टोलीले गर्यो ...

इनरुवा । सुनसरीस्थित सशस्त्र प्रहरी बल–४ नम्बर गण र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संयुक्त ...

नारायणगढ-मुग्लिन सडक ...

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको सत्र किलोमा शुक्रबार बिहान बस र हायस ठोक्किँदा मृत्यु हुनेको संख् ...

पुटिनलाई युक्रेनमा छ ...

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीवार युरोपले युक्रेनमा आक्रमण रोक्न क्रेमलिनलाई छुट दि ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved