काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार भारत जाने भएका छन् ।
प्रचण्ड भारतको सत्तारुढ दल भारतीय जनता पार्टीको निमन्त्रणामा भारत जान लागेका हुन् । भारतमा प्रचण्डले उच्च स्तरीय भेटघाट समेत गर्ने बताइ पनि प्रधानमन्त्री नरेन्द्र मोदीसंग भेट हुने नहुने भन्ने बारे स्पष्ट भएको छैन ।
प्रचण्ड शुक्रबार भारत गएर उनी आइतबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
चिनले कम्युनिष्ट पार्टीहरुबीच सहकार्य र कांग्रेससंग सुमधुर सम्बन्ध निर्माणमा जोड दिइरहेको बेला दाहालको दिल्ली भ्रमण हुन लागेको हो ।
प्रधानमन्त्री पत्नी आरजु देउवा समेत अहिले दिल्लीमै रहेको बेला दाहाल दिल्ली जान लागेका छन् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved