गठबन्धनमा चुनावी तालमेल गरेर अघि बढ्नेः यस्ता छन् कांग्रेस बैठकका महत्वपूर्ण निर्णय

  • श्रावण २, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि सत्ता गठबन्धनमा रहेका दलहरुसँग चुनावी तालमेल गरेर अघि बढने निर्णय गरेको छ ।

नेपाली काँग्रेस केन्द्रिय कार्य समितिको सोमबार सम्पन्न बैठकले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन पनि चुनावी तालमेल गरेर अघि बढने औंपचारिक निर्णय गरेको हो ।

पार्टीलाई आशन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा स्पष्ट बहुमततर्फ लक्षित गराउँदै संविधानको रक्षा र लोकतन्त्रको थप सुदृढिकरण गर्दैं जनताको समुन्नतिको सपनालाई स्थिर सरकारमार्फत् सम्बोधन गर्नका लागि केन्द्रिय कार्य समितिको बैठकले सत्ता गठबन्धनमा रहेका दलहरुसँग संवाद गरी चुनावी तालमेल गरेर अघि बढने निर्णय गरेको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनु भयो ।

चुनावी तालमेल गर्दा संविधानको कार्यान्वयन, मुलुकको आर्थिक–सामाजिक रुपान्तरण र वैदेशिक सम्बन्धलगायतका विषयमा न्यूनतम साझा धारणा गठबन्धन दलहरुबीच तय गर्दै जनताको जीवनस्तरमा गुणात्मक सुधार ल्याउने गरी स्पष्ट खाकासहितको कार्यक्रम पनि आम निर्वाचनमा प्रस्तुत गर्नुपर्ने निष्कर्ष काँग्रेसले निकालेको छ ।

नेपाली काँग्रेसले पार्टीको तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई आचारसंहिता जारी गरी लागूगर्ने निर्णय पनि गरेको छ ।

केन्द्रिय कार्य समिति बैठकले आचारसंहिता तयार गरेकाले त्यसलाई लागू गरेर पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुलाई जनताप्रति उत्तरदायी बनाउने निर्णय गरिएको पनि पार्टीका प्रवक्ता डा. महतले बताउनु भयो ।

बैठकले अवधि समाप्त भएर गठन हुन बाँकि रहेका र पूर्णता प्राप्त नगरेका पार्टीमा आवद्ध भातृ संघहरुलाई यही श्रावण मसान्त भित्र गठन र पूर्णता दिने निर्णय पनि गरेको छ । त्यसैगरी पार्टीको आगामी नीति महाधिवेशनको तयारी गर्ने जिम्मेवारी पनि केन्द्रिय कार्य समितिलाई दिने निर्णय गरिएको प्रवक्ता महतले बताउनु भयो ।

नेपाली काँग्रेसले महामन्त्री गगनकुमार थापा नेतृत्वको पार्टी सदस्यता व्यवस्थापन केन्द्रिय समिति, केन्द्रिय सदस्य आनन्दप्रसाद ढुंगानाको संयोजकत्वमा केन्द्रिय अनुशासन समिति र केन्द्रिय सदस्य श्यामकुमार घिमिरे संयोजक रहनु भएका केन्द्रिय लेखा समिति पनि गठन गरेको छ ।

ती समितिहरुलाई पार्टी सभापति शेरबहादुर देउवाको परामर्शमा पूर्णता दिने निर्णय पनि केन्द्रिय कार्य समिति बैठकले गरेको प्रवक्ता महतले बताउनु भयो ।

बैठकले स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा पार्टी नेतृत्वको गठबन्धन सरकारलाई धन्यवाद समेत व्यक्त गरेको छ ।

2 3 7 1 1 5 6 4

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विश्वभर ८२ लाख नयाँ ...

काठमाडौं । स्वास्थ्य संगठन (डब्लूएचओ) ले गत वर्ष विश्वभर ८२ लाख नयाँ क्षयरोग (टीबी) का बिरामी पत्ता ...

तिहारको दोस्रो दिन ब ...

काठमाडौं : तिहारको दोस्रो दिन बिहीबार बिहान कुकुरतिहार मनाइँदै छ भने साँझ लक्ष्मीपूजा पनि गरिँदैछ। ...

अन्नपूर्ण आधार शिविर ...

म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved