लावालस्कर सहित परिक्रमा टोली महोत्तरीको मडैँमा

  • फाल्गुन १६, २०७६
  • कालापानी मिडिया
alt

दिपक कुमार पाण्डेय

महोत्तरी । विश्वकै लामो पदयात्राका रुपमा चिनिने मिथिलाको लोकप्रिय महाकुम्भ १५ दिने मिथिला माध्यमिकी परिक्रमाको धार्मिक टोली शुक्रबार लाबालस्कर सहित महोत्तरीको मडैमा आईपुगेको छ ।

3

झाँकि, भजन किर्तन, बाजागाजा सहित प्राचिन मिथिलाको राजधानी जनकपुरधामको अग्नीकुण्डबाट किशोरीजी अर्थात माता जानकी र कचुरी मठबाट मिथिला बिहारी भगवान रामचन्द्रको दुई प्रमुख डोलाको नेतृत्वमा शुरु भएको मिथिला माध्मिकि परिक्रमाका यात्रुहरु हनुमान नगर,भारतको कलाणेश्वर,गिरिजा स्थान,मटिहानी,जलेश्वर हुदैँ शुक्रबार महोत्तरीको मडै आईपुगेको छ ।

1

परिक्रममा रहेकाहरुलाई प्रदेश २ का समाजीक बिकास राज्यमन्त्री अभिराम शार्मा,प्रदेश साँसद सुरीता साह,महोत्तरीगाउँपालिका प्रमुख सुनील कुमार राय,स्थानीय प्रशासन, राजनैतिककर्मि, तथा स्थानीय बासीन्दाहरुले मिथिला परम्पराअनुसार पुजापाठ गरि भब्य स्वागत गरेका थिए । भने समृद्धि बिकास समाज नामक संस्था द्धारा परिक्रमा यात्रीहरुलाई स्वागत स्वरुप सरबत बितरण गरिएको थियो ।

3 (2)

परिक्रमा शनीबार धु्रबकुण्ड प्रस्थान गर्नेछ । परिक्रमामा सहभागीहरु क्रमश-आईतबार कञ्चनबन, हुदैँ क्रमशः धनुषाको पर्बता ,धनुषाधाम, सतोषर, औरहिमा राती बिश्राम गरि पुनः भारतको बिशौल,करुणा हुदैँ पूणिमाको अघिल्लो रात जनकपुर फर्कने कार्यक्रम रहेको छ ।

6

सुख समृद्धि र शान्ती तथा चारधामको दर्शन गरे बराबरको फल प्राप्ती हुने बिश्वासका साथ गरिने १५ दिने मिथिला माध्यमिकी परिक्रमा गर्ने जनबिश्वास रहेको छ । मिथिलाको ऐतिहासिक, पौराणिक र धार्मिक आस्थाको धरोहरका रुपमा रहेको मिथिला परिक्रममा सहभागीहरु नेपालको १ सय ७ र भारतको २६ गरी १ सय ३३ किलोमिटर अर्थात नेपालमा १० तथा भारतमा पाँच गरी १५ ठाउँमा रात्री बास गरेर बिहानै यात्रा प्रारम्भ गर्ने चलन छ ।

2 (2)

१ सय ३३ किलो मिटरको पदयात्रामा नेपाल र भारतका विभिन्न स्थानका ठुलो संख्यामा साधुसन्त ,नागाबाबा,सन्यासी र गृहस्थ आश्रमका श्रद्धालुहरुको सहभागिता रहने गरेको छ । मिथिला महात्म अनुशार अठारौँ शताब्दि देखि माध्यमिकी परिक्रमाको रुपमा मनाईदैँ आएको यस धर्मयात्राका सहयात्रीले रात्री भजनकिर्तन गरी १५ दिन बिताउने र पूणिमाका दिन बिहान जनकपुरको अन्तगृह परिक्रमा गरी होली खेली १५ दिबसीय यात्रा समपन्न गरिने गरेका छन् ।

यस्तो छ परिक्रमा पथ, सबै पडाबस्थलको आआफनै महत्व

पहिलो दिनः फागुन औँसीका दिन जनकपुरबाट प्रारम्भ हुने परिक्रमाको पहिलो बिसौनी हनुमान नगर ९कुवा हो । जनकपुरधामबाट दुई किलोमिटर दक्षिणमा पर्ने यो ठाउँमा हनुमान, राम तथा जानकीका मूर्तिहरु भएको १६० वर्षअघि स्थापित मन्दिर छ ।

दोस्रो दिनः दोस्रो दिनको मेला लाग्ने कलाणेश्वर भारत उत्तर विहारको बासोपट्टि तथा उमाकुण्डको सानो बस्ती नजिकै छ । भव्य कुण्ड तथा विश्रामालयसमेत रहेको कलाणेश्वर ९कलनाः निकै आकर्षक एवं मनमोहक छ । भविष्यवेत्ताका रुपमा नाम कमाएर प्रसिद्ध सिद्धबाबा ११० वर्ष बसेको ठाउँ पनि यही हो ।

तेस्रो दिनः तेस्रो दिनको विश्रामस्थल गिरिजास्थान पनि भारतमै पर्छ । स्थानीयस्तरमा फूलहर नामले चिनिने यो ठाउँमा सीताजीले फूल टिपेर गिरिजा भगवतीको पूजा गर्ने गरेको र त्यही क्रममा भगवान् रामसँग पहिलो देखादेख भएको जनविश्वास छ । गौरीशंकर, जानकी, गिरिजा भगवती र गणेशका मूर्तिहरु एवं कप्टहारिणी र शरसमिर पोखरीहरु भएको यो ठाउँबाट जमुनी नदी बगेको छ ।

चौथो दिनः यस दिन परिक्रमाका यात्रीहरु नेपालको मटिहानी आइपुग्छन् । महोत्तरी जिल्लामा पर्ने मटिहानी पुरातात्विक महत्वका १२ मन्दिर तथा आठवटा पोखरी भएको घना बस्ती हो । नेपालमा संस्कृतको पढाइ हुने ठाउँका रुपमा परिचित मटिहानीमा एउटा पुरानो संस्कृत महाविद्यालय तथा अरु मठहरु छन् ।

पाँचौँ दिनः  मिथिला परिक्रमाका यात्रीहरु यस दिन जलेश्वरनाथ महादेवको दर्शन गर्न महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर आइपुग्छन् । जलेश्वरनाथको मन्दिरको शिवलिङ्ग सधैँभरि जलमै डुबेको हुन्छ ।

छैटौँ दिनः  यस दिन यात्रीहरु जलेश्वरबाट मडई आइपुग्छन् । यहाँ मुनेश्वर महादेवको मन्दिर तथा दुईवटा आकर्षक पोखरी छन् ।

सातौँ दिनः सातौँ दिनको विश्रामस्थल धु्रव कुण्ड हो । यहाँ धु्रवजीको मन्दिर छ ।

आठौँ दिनः यात्रीहरुको आठौँ दिनको गन्तव्य कञ्चनवन हरिणमरी तथा हरिशपुर नजिकै पर्छ । यहाँ सीतारामको मन्दिर छ ।

नवौँ दिनः यस दिनको विश्रामस्थल पर्वता हो । यहाँ हनुमानजीको विशाल मन्दिर छ । पर्वता पुग्नुपूर्व भक्तजनले हरिहरपुरस्थित क्षीरेश्वरनाथ महादेव स्थानमा पूजाअर्चना गर्छन् ।

दशौँ दिनः यस दिन यात्रीहरु पर्वता धनुषाधाम आइपुग्छन् । सीताजीसँग स्वयम्बर हुनुअघि भगवान् रामले भाँचेको धनुषका एक टुक्रा यहाँ खसेको विश्वास गरिन्छ । यो ठाउँ धनुष दर्शनका लागि प्रख्यात छ । विवाह पञ्चमी तथा रामनवमीका बेला पनि ठूलो मेला लाग्ने धनुषाधामस्थित पोखरी, वाणगंगा नदी एवं उत्तरपट्टि करिब पाँच सय बिघामा फैलिएको घना वन क्षेत्रले यो ठाउँलाई विशेष रमणीय बनाएको छ । यहाँ माघ महिनाको प्रत्येक आइतबार मकर मेला लाग्छ ।

एघारौँ दिनः यात्रीहरुको एघारौँ दिनको गन्तव्य पर्वता धनुषाधाम सतोषर हो । राममन्दिर र पोखरी रहेको यो ठाउँमा असार साउन महिनामा बोलबम तथा झूला पर्व पनि मनाइन्छ ।

बाह्रौँ दिनः यात्रीहरुको बाह्रौँ दिनको गन्तव्य पर्वता धनुषाधाम सतोषर औरही हो । जनकपुर–जयनगर रेल्वेको तेस्रो विसौनी वैदेही नजिकै रहेको औरहीमा भक्तजन कमला नदीमा स्नान गरी रामजानकी मन्दिरको दर्शन गर्छन् ।

तेह्रौँ दिनः भारतको विशौल परिक्रमा यात्रीको तेहौँ दिनको गन्तव्य हो ।

चौधौँ दिनः चौधौँ दिन परिक्रमा यात्री करुणा भन्ने स्थानमा आइपुग्छन् । यो कलाणेश्वर नजिकै छ ।

पन्ध्रौँ दिनः यस दिन परिक्रमाका यात्रीहरु जनकपुर आइपुग्छन् । यो यात्राका अन्तिम दिन हो । फागुपूर्णिमाको सन्ध्यामा जनकपुरमा विश्राम गरी पूर्णिमाको बिहानै जनकपुरको पञ्चकोशी परिक्रमा ९अन्गगृह० पछि श्रद्धालु जानकी मन्दिरलगायत अन्य मठमन्दिरहरुमा दर्शन र पूजा गरी घर फर्कन्छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
संयुक्त टोलीले गर्यो ...

इनरुवा । सुनसरीस्थित सशस्त्र प्रहरी बल–४ नम्बर गण र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संयुक्त ...

नारायणगढ-मुग्लिन सडक ...

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको सत्र किलोमा शुक्रबार बिहान बस र हायस ठोक्किँदा मृत्यु हुनेको संख् ...

पुटिनलाई युक्रेनमा छ ...

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीवार युरोपले युक्रेनमा आक्रमण रोक्न क्रेमलिनलाई छुट दि ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved