चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने पार्टी सचिवालयको निर्णय प्रधानमन्त्रीले कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।
गृहजिल्ला चितवनमा शुक्रवार सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले पार्टी निर्णय प्रधानमन्त्रीले मान्नुको विकल्प नरहेको बताएका हुन् ।
उहाँले भने, तपाईंहरूले थाहा पाइसक्नुभएको छ, राष्ट्रिय सभामा लैजाने एउटा सीट जुन छ, त्यसमा सचिवालयको सर्वसम्मत निर्णय अनुसार गौतमलाई पठाउने सुझाव दिएको छु, त्यसमा आधिकारिक निर्णय भएको हो, र सर्वसम्मत ढंगबाट भएको हो, प्रधानमन्त्रीले मान्नुहुन्छ, मान्नैपर्छ ।
युवराज खतिवडालाई अर्थमन्त्री बनाइराख्न अहिले नै राष्ट्रिय सभामा लैजानैपर्ने बाध्यात्मक अवस्था नरहेको प्रचण्डको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved