फाइल फोटो
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भीमदत्तको नाम लिंदा कांग्रेसलाई सिरिङ्ङ हुने बताएका छन् ।
कांग्रेसले राजनीतिक स्वार्थका लागि आफ्नै पार्टीबाट बलिदान गरेका व्यक्तिलाई पनि शहीद नमानेको बताउँदै भीमदत्तको नामै लिन नचाहने बताए । नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘भीमदत्त पन्तलाई कांग्रेसले शहीद मानेन । कांग्रेसले नै टाउको कटाएको हो । कांग्रेसलाई भीमदत्तको नाम लिंदा सिरिङंङ हुन्छ ।’
भीमदत्तमात्र नभई दुर्गानन्द झा, यज्ञबहादुर थापा, भीमनारायण श्रेष्ठलाई पनि नसम्झिएको बताए । आफ्नै आदरणीय नेताहरू मारिएको बेलामा पनि कांग्रेसले विज्ञप्तिसमेत निकाल्न नसकेको अध्यक्ष ओलीको आरोप छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved