राष्ट्र र धर्मः वंशी कुमार शर्मा

  • श्रावण १३, २०७९
  • कालापानी मिडिया
alt

प्रजातन्त्र पुनः स्थापनापछि बनेको संविधान २०४७ लाई पूर्ण क्रियाशीलका लागि संघर्षरत सात राजनीतिक दल र सशस्त्र संघर्ष गरिरहेको नेपाल कम्युनिष्ट पार्टी माओवादीबीच भारतको उपस्थिति र सहमतिमा भारतको दिल्लीमा १२ बुुदे घोषणा पत्र सम्पन्न भएको छ ।

घोषणापत्र सम्पन्न हुने बेला नेपाल हिन्दूराष्ट्रभएको कारण प्रजातन्त्र, शान्ति र विकासमा अवरोध भएको ठहर पनि छैन र घोषणापत्रमा कहिकतै हिन्दूराष्ट्रलाई हटाएर नेपाल राष्ट्र धर्मनिरपेक्ष बनाउनु पर्दछ भन्ने पनि उल्लेख गरिएको छैन ।

तत्कालिन राजाको सक्रियतालाई निस्तेज गर्नको लागि शान्तिपूर्ण १९ दिने जनआन्दोलन को माग राष्ट्रलाई धर्मनिरेक्ष बनाउने थिएन । जनता, राजनीतिक दलहरुको एजेण्डा पनि थिएन र त्यस एजेण्डालाई जनसमर्थन पनि पाएको छैन केवल दुई चारवटा शीर्ष नेताहरुको उक्साहटका कारण मुलुक धर्मनिरपेक्ष बन्न पुगेको हो ।

जसले गर्दा आजसम्म कायम राख्दै आएको धर्म संस्कृति, भाषा, भेषभूषा मुलुकबाट हराएर जाने सम्भावना देखिन्छ । राष्ट्रिय पहिचानमा चारैतिरबाट भएको आक्रमण कै कारण मुलुक सार्वभौमसत्ता सम्पन्न राष्ट्र रहने या नरहने भन्ने प्रश्न उब्जिएको छ ।

ॐकार परिवारभित्र (हिन्दू, वैद्व, सिख, किरााती ९५ प्रतिशत जनसंख्या बसोबास भएको मुलुकमा धर्मनिरपेक्ष बनाउन कति उचित अनुचित हुन्छ त्यसको विश्लेषण नगरी मनपरी ढंगले धर्म निरपेक्ष बनाउनु राम्रो पक्ष होइन ।

पंत्तिकारको भनाई अनुसार धर्म सापेक्ष हुुदैमा अरु धर्मावलम्बीहरुलाई बसोबास गर्नुहुुदैन भन्न खोजेको होइन केवल राष्ट्रको पनि धर्म हुन्छ । त्यसलाई बचाइराखेमा सबैको अस्तित्व कायम हुन्छ भन्न खोजेको मात्र हो ।

संसारका विकसित र प्रजातान्त्रिक मुलुकहरुको इतिहास हेर्दा सबै राष्ट्रहरुका आ(आफ्ना धर्म भएको पाइन्छ । त्यसैले राष्ट्रको धर्म हुुदैन भनेर प्रचार गर्नु भ्रम फैलाउनु हो । संसारको सबैभन्दा शक्तिशाली लोकतान्त्रिक विकसित मुलुक संयुक्त राज्य अमेरिकाको मुद्रामा ूहामी भगवानमा विश्वास गर्छौ भनेर लेखिएको हुन्छ ।

सन् १९८२ मा लागू भएको क्यानडाको संविधानको प्रस्तावनामा नै क्यानडा भगवान र कानुनको सांसदको सर्वोच्चता स्वीकार गर्ने सिद्धान्तमा स्थापित छ । यो कारणहरुले ति विकासित मुलुकहरुले धर्मलाई राष्ट्रको पहिचानसुग गाासेर अगाडि लगेको देखिन्छ । राष्ट्रको धर्म नै देशको अस्तित्वसुग गाुसिएको हुनाले सबै प्रजातान्त्रिक मुलुकहरुले आ(आफ्नै धर्मलाई अगाडि सारेको देखिन्छ ।

राज्यको धर्म हुुदैन भनेर चर्को स्वरमा वकालत गर्ने नेताहरुले धर्मको व्यापार गर्न आएकालाई देउता सरह पूज्ने गरेका छन् । ती नेताहरुले पूर्खा र सन्ततिहरुलाई ठूलो धोका दिएका छन् । हुनतः धर्म निरपेक्ष बनाउनमा जोड गर्ने शीर्ष नेताहरुले पनि जन्मदेखि मृत्युसम्मका क्रियाकलाप हिन्दू परम्परामा नै गर्ने गर्दछन् । बोली र व्यवहार फरक गर्नेले विश्वको इतिहास हेर्न जरुरी देखिन्छ ।

विश्वकै ग्रन्थहरु मध्येमा उच्च कोटीका ग्रन्थ वेद, गीता, महाभारत, रामायण, पतञ्जली, शिव, उपनिषद सबैमा जातभात, छुवाछुत कहिकतै उल्लेख छैन । त्यसैले विश्वले उच्च कोटीमा राखेका हाम्रा ग्रन्थहरुलाई मात्र अध्ययन मनन गर्ने हो भने धेरै कुरा जान्न सकिन्छ । यस्तो तथ्य बुझ्न नसकेकै कारण विश्वकै उत्कृष्ट संस्कृति बोकेको हिन्दू धर्मलाई मेटाउनु भनेको मुलुकको अस्तित्व नै मेटाउनु हो ।

समाज विज्ञानका विज्ञहरुले भन्ने गर्दछन् कुनै पनि राष्ट्रको धर्म संस्कृति नष्ट भएमा त्यो राष्ट्र स्वतः हराएर जान्छ । त्यसैले कुनै पनि राष्ट्रको अलग अस्तित्वको लागि मौलिकता नै अपरिवर्तनीय हुनुपर्दछ । विविधताले भरिएको हाम्रो मुलुकमा अनेकताको प्रचार प्रसार गरेर मात्र राष्ट्रियता बलियो हुन सक्दैन । विश्वको एकमात्र हिन्दूराष्ट्र नेपालको अस्तित्व र पहिचान विश्वमै बेग्लै छ ।

यही नै नेपालको राष्ट्रियता बलियो आधार हुन सक्छ । किनकी विश्वको लोकतान्त्रिक मुलुकहरुले पनि आफ्नो अस्तित्व र पहिचान कायम राख्नको लागि राष्ट्रिय धर्म कायम गरेका हुन्छन् । उदाहरणको लागि विश्वकै शक्तिशाली राष्ट्र अमेरिकाका राष्ट्रपति, उपराष्ट्रपतिहरुले सपथ लिुदा बाइबलमा हात राखेर लिनेगर्दछन् ।

त्यतिमात्र होइन वर्तमान राष्ट्रपति ओबामाले राष्ट्रपति बन्नकै लागि आफ्नो नामबाट मुस्लिम जनाउने हुसेन शव्द झिकेर कट्टर क्रिश्चित भएका छन् । विभिन्न राष्ट्रहरुले आआफ्नो राष्ट्रिय धर्म कायम गरेका हुन्छन् त्यसैले आफ्नै अस्तित्व मेटाउने गरी नयाँ नेपालको खोजी गर्नुभन्दा अस्तित्वको जगेर्ना गर्दै समृद्धशाली नेपाल बनाउनु नै राष्ट्रियता हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved