सिन्धुली । लगातारको अविरल वर्षाका कारण सिन्धुलीमा वीपी र मध्यपहाडी लोकमार्गका विभिन्न स्थानमा पहिरो जाँदा सडकमा यातायातका साधनहरुको आवागमन अवरुद्ध भएको छ ।
सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ हैबारस्थित अक्करेभीरमा पहिरो खस्दा मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी ६३ किलोमिटर सडक खण्ड अवरुद्ध भएको छ । वीपी राजमार्गको सिन्धुली–नेपालथोक सडक खण्डका विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । साथै सिन्धुलीमाडी–बर्दिबास सडक खण्डका विभिन्न स्थानमा खहरेका कारण यातायात आवागमनमा समस्या भएको छ ।
लगातारको वर्षा नरोकिएका कारण पहिरो पन्छाउन समस्या भएपछि विभिन्न गन्तव्यतर्फ हिडेका सवारीसाधन सडकमै रोकिएका छन् । वीपी र मध्यपहाडी सडक अवरुद्ध भएका कारण यातायात ठप्प हुँदा सिन्धुली जिल्लाको पूर्वी तराईका जिल्लाहरु र पूर्वी पहाडी क्षेत्रसहित पूर्वका खोटाङ, ओखलढंगा, सोलुखुम्बु र भोजपुर जिल्लाका यात्रुले सास्ती ब्यहोर्नु परेको छ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved