काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री र सचिवहरूसँग मंगलबार छलफल गरेका छन्।
बार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयनका अवस्थाबारे प्रधानमन्त्री देउवाले मन्त्री र सचिवहरूसँग छलफल गरेका हुन्।
प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारका अनुसार बजेट कार्यान्वयन अवस्था र कार्ययोजनाबारे प्रधानमन्त्रीले मन्त्रीहरू र सचिवहरूसँग छलफल गरेको बताइएको छ ।
प्रधानमन्त्री देउवाले मन्त्री र सचिवहरूलाई प्रभावकारी ढंगले कार्यसम्पादन गर्न निर्देशन दिएको सहभागि सचिवहरुको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved