बिकल रेग्मी
झापा । पूर्वी नेपालको झापामा डेढ अर्ब लगानीमा निर्माण भएको पाँचतारे होटल मेची क्राउन आगामी बैशाखदेखि सञ्चालनमा आउने भएको छ । विदेशी व्यवस्थापकले मात्र पाँच तारे होटलको व्यवस्थापन गर्दै आइरहेको बेला पहिलो पटक नेपाली युवाको समूहले पाँच तारे होटल व्यवस्थापनको जिम्मेवारी लिएको हो । जसकोे ‘फाइनल टच’को काम मात्र बाँकी छ ।
क्राउन प्लाजा भेगास इन्टरटेन्मेन्ट प्रालिले ८ विघा क्षेत्रफलमा डेढ अर्ब लगानीमा होटल निर्माण गरेको पिक हस्पिटालिटी म्यानेजमेन्टका अध्यक्ष दिपक लेखकले जानकारी दिए । १०५ वटा भिला सहितको कोठा सुबिधा भएको होटलमा क्यासिनो, स्वीमिङ पुल, स्पा, जिम हाउस र सुविधा सम्पन्न हल रहेको पिक हस्पिटालिटी म्यानेजमेन्टका अध्यक्ष दिपक लेखकले जानकारी दिए ।
भारतको पश्चिम बंगाल विहारसंग सीमा जोडिने झापाका तारे होटलका मुख्य ग्राहक भारतीय हुन् । भारतीय सिमा काँकडभिट्टा त्यहाँबाट ५ किलोमिटर टाढा छ । सोहि कारण वेस्ट बंगालका पर्यटकहरुलाई पनि आकर्षण गर्न सकिने होटलका प्रबन्धक नितेश पोखरेलले जानकारी दिए । होटलमा अहिले कर्मचारीको नियुक्तीको प्रकृया चलिरहेको बताउदै उनले होटलमा पाँच तारे होटलमा काम गरिसकेको दक्ष जनशक्ती र स्थानियहरुले रोजगारको अवसर पाउने पिक हस्पिटालिटी मयानेजमेन्टका प्रबन्धक नितेश पोखरेलले जानकारी दिए ।
होटल म्यानेजमेन्ट क्षेत्रमा अध्ययन गरी लामो समय अनुभव बटुलेका चार जना युवाहरुको समूहले एक वर्ष अघि ‘दि पिक हस्पिटालिटी’ नामक कम्पनी खोलेका थिए । यहि समूहले पहिलो पटक पाँचतारे होटलको व्यवस्थापन सम्हालेका हुन् । हालसम्म नेपालका अधिकाशं स्टार होटलको व्यवस्थापन विदेशी कम्पनीले गर्दै आएका छन् । त्यसमा पनि पाँच तारे होटल व्यवस्थापन गर्ने यो पहिलो नेपाली समूह हो । यसअघि भैरहवामा चार तारे होटल बोधि रेडसन, काठमाडौंमा तीन तारे होटल एयपोर्टको व्यवस्थापन जिम्मेवारी पनि लिइसकेका छन् ।
यस्तै गौशालामा रहेको आनन्द पशुपतिको पनि व्यवस्थापनको काम दी पिकले गरिरहेको छ । यता, झापा पनि पछिल्लो समय स्टार होटल खुल्ने क्रमले तीव्रता पाएको छ । मेचीनगर र बिर्तामोडमा दुइटा पाँचतारे र एक तीन तारे होटल निर्माण अन्तिम चरणमा छन् । काँकडभिट्टामा दुइटा एकतारे होटल ५ वर्षदेखि सञ्चालित छन ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved