प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभकालागि धार्मिक अनुष्ठान

  • फाल्गुन २०, २०७६
  • कालापानी मिडिया
alt

मनोज माझी
२० फागुन, सप्तरी । प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला प्रत्यारोपन कार्यको सफलता तथा सिघ्र स्वास्थ्य लाभको कामना गर्दै सप्तरीमा एक सामाजिक संस्थाले सोमबारदेखी धार्मिक अनुष्ठान कार्यक्रम सुरु गरेको छ । 
सप्तरीको प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवति मन्दिरको प्राङ्गणमा नागरिक संजाल सप्तरीको आयोजना तथा मन्दिरका पिठाधीश महाकान्त ठाकुरको संयोजनमा दुई दिने अखण्ड दिप प्रज्जवलन, भजन किर्तन, अष्ठायाम, हवन, विशेष पूजापाठ लगायतको धार्मिक कार्यक्रम सुरु गरिएको हो ।

आयोजक संस्थाका अध्यक्ष सुखराम यादवले देशको प्रमुख कार्यकारीको रुपमा रहनु भएका प्रधानमन्त्री ओलीको नेतृत्व मुलुकका लागि अझ आवश्यक रहेको कुरालाई दृष्टिगत गरि उहाँको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै यस्तो धार्मिक कार्यक्रमको आयोजना गरिएको हो । पिठाधिश ठाकुरको नेतृत्वमा सुरु गरिएको धार्मिक कार्यक्रममा करिब ६ दर्जन साधुसन्त र भक्तजनको सहाभागिता रहेको छ ।

नयाँ दिल्लीको इन्द्रप्रस्थ अपोलो अस्पतालमा करिब १३ वर्ष अघि प्रतयारोपित मृगौलालाई शरीरले अस्विकार गरेसँगै प्रधानमन्त्री ओलीको नयाँ मृगौला प्रत्यारोपन गर्ने तयारी गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
संयुक्त टोलीले गर्यो ...

इनरुवा । सुनसरीस्थित सशस्त्र प्रहरी बल–४ नम्बर गण र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संयुक्त ...

नारायणगढ-मुग्लिन सडक ...

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको सत्र किलोमा शुक्रबार बिहान बस र हायस ठोक्किँदा मृत्यु हुनेको संख् ...

पुटिनलाई युक्रेनमा छ ...

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीवार युरोपले युक्रेनमा आक्रमण रोक्न क्रेमलिनलाई छुट दि ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved