फोहोर बोकेर गएका १८ गाडी बन्चरेडाँडामा तोडफोड, सडक मर्मतका लागि खटाइएको डोजरमा समेत तोडफोड

  • श्रावण २४, २०७९
  • कालापानी मिडिया
alt

                                                                     फाइल तस्विर

काठमाडौं । काठमाडौंको फोहोर लिएर गएका १८ गाडी बन्चरेडाँडामा तोडफोड गरिएको छ । गए राति बन्चरेडाँडास्थित स्यानिटरी ल्यान्डफिल साइटमा फोहोर विसर्जनका लागि पुगेका गाडीमा तोडफोड गरिएको ल्यान्डफिल साइटका सहायक इन्जिनियर सरकारदीप श्रेष्ठले बताए ।

अहिलेसम्म १८ वडा गाडी तोडफोड भएको मात्रै जाकारीमा आएको उनको भनाई भनाइ छ । तोडफोड गर्ने समूह भने पत्ता नलागेको उनको भनाई छ ।

काठमाडौं महानगरपालिकाका अनुसार तीन दिनयता फोहोर विसर्जनमा बन्चरेडाँडाका स्थानीयले अवरोध गर्दै आएका छन् । उता, सडक मर्मतका लागि खटाइएको डोजरमा समेत तोडफोड गरिएको छ ।

विगत लामो समयदेखि स्थानीयले आफूहरूको माग पूरा नभएको भन्दै आन्दोलन गर्दै आएका छन् । आउँदो भदौ १ गतेदेखि सधैँका लागि ल्यान्डफिल साइटमा फोहोर लैजान नदिने घोषणा पनि स्थानीयले गरिसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विश्वभर ८२ लाख नयाँ ...

काठमाडौं । स्वास्थ्य संगठन (डब्लूएचओ) ले गत वर्ष विश्वभर ८२ लाख नयाँ क्षयरोग (टीबी) का बिरामी पत्ता ...

तिहारको दोस्रो दिन ब ...

काठमाडौं : तिहारको दोस्रो दिन बिहीबार बिहान कुकुरतिहार मनाइँदै छ भने साँझ लक्ष्मीपूजा पनि गरिँदैछ। ...

अन्नपूर्ण आधार शिविर ...

म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved