डिल्लीराज पन्त, कञ्चनपुर । बिवाह त्यो बन्धन हो जो सामान्य तरीकाले मानीसहरुको सम्बन्धलाई तोड्न निकै गाह्रो हुन्छ । अग्नी साक्षि राखेर एक जुनि त के १ सात सात जुनि संगै बाच्ने मर्ने कसम खाएर बिबाह गरिन्छ । तर पछिल्लो समय देशभर बाट बिवाह भएको थोरै समयमा सम्बन्ध विच्छेद गर्नेे दम्पतीहरु अधिकांस भेटिरहेका छन । जसबाट सुदूरपच्छिमको कञ्चनपुर जिल्ला पनि अछुतो रहन सकेको छैन । पछिल्ला ३ वर्षको तथ्यांक हेर्ने हो भने कञ्चनपुरमा मात्रै सम्वन्ध विच्छेदका घटनाले विकराल रुप लिएको छ ।
यतिवेला कञ्चनपुर जिल्ला अदालतमा सबै भन्दा बढि सम्बन्ध विच्छेदका मुद्धाको चाप छ । पछिल्ला वर्षहरुमा सम्बन्ध विच्छेद गर्न आउनेहरुको सख्या बढ्दै गईरहेको छ । जिल्ला अदालत कञ्चनपुरका अनुसार आर्थीक वर्ष २०७६/७७ मा १ सय २१ मुद्धा सम्बन्ध विच्छेदका लागि दर्ता भएका थिए भने ति मध्ये ७७ मुद्धा फैसला भएका छन् त्यसै गरी आर्थीक वर्ष २०७७÷७८ मा १ सय ८८ मुद्धा दर्ता भएकोमा ९९ सय मुद्धा फैसला भएका छन् । २०७८/७९ मा भने मुद्धाको सख्या एक्कसी बढेको छ भने सो आर्थीक वर्षका २ सय २१ मुद्धा दर्ता भएकोमा १ सय २३ मुद्धामा फैसला भएको जिल्ला अदालत कञ्चनपुरका श्रेस्तेदार जयन्ती अवस्थी भट्टले जानकारी दिइन् ।
सम्बन्ध विच्छेदका लागि अदालत पुगेका कैयौं घटनाको प्रवृति हेर्दा सरकारले तोकेको विबाहको उमेर नहेरी परम्परागत मुल्य र मान्यता अनुरुप घर परिवारले सानो उमेरमा बिवाह गरिदिनाले परिपक्क भइसकेपछि स्वतन्त्रता खोज्ने, यस्तै सामाजिक संजालको दुरुपयोग तथा श्रीमान लामो समय विदेश बस्दा पर पुरुष संग सम्बन्ध जोड्ने, विदेशबाट पठाएको पैसा खर्च गरिदिने, लागु पदार्थ सेवन गरेर बालबालिकालाई कुटपित गर्ने, अहिलेको जमाना अनुसार आफु स्वतन्त्र हुन खोज्ने प्रवृतीको कारण पनि पारिवारिक समस्या निम्तिदा एक अर्का बिच बस्नै नसक्ने भन्दै सम्वन्च विच्चेद गर्न आउने दम्पत्तीहरुको संख्या बढ्दैगएको जिल्ला अदालत कञ्चनपुरको भनाई छ ।
बिबाहको सम्बन्ध दुई जना बिच मात्र भएपनि सम्बन्ध विच्छेदले समाजमा विकृति फैलाउने कार्य भयरहेको छ । प्रेममा फसेर बालविबाह गर्ने अनि झै झैगडा परेर सम्बन्ध विच्छेद गर्ने गरिएको कानुन व्यावसायीहरुको भनाई छ । सम्बन्ध विच्छेदका घटना न्युनिकरणका लागि कतिपय विकट ठाउँहरुमा कानुनि शिक्षाको कमि रहेको र यो बिषयमा सामजलाई शिक्षित बनाउन जरुरी देखिएको कानुन व्यावसायीहरु बताउँछन् ।
बालबालिकाको मनस्थिति र समाजमा पर्ने असर
सम्बन्धविच्छेद हुनुमा विभिन्न तत्वहरुले भूमिका खेलेको पाइन्छ । बिवाहपछि परिस्थितिसँग समायोजन हुन नसक्नु, बढी महत्वाकांक्षी हुनु, श्रीमान् श्रीमतीका बीचमा समझदारीमा कमी हुनु सम्बन्ध विच्छेदको मुख्य कारण हो । जसका कारण बालबालिकाको मनस्थिति र समाजमा ठूलो असर परिरहेको छ । दम्पतीले वैवाहिक सम्बन्ध तोडेर अलग हुने निर्णय गर्दाको असर उनीहरुका सन्तानमा धेरै नै पर्छ। बच्चाहरुमा त्यस्तो प्रभाव लामो समयसम्म रहने अधिकारकर्मीहरु वताउँछन् ।
डिभोर्सी अर्था सम्वन्ध विच्छेद गरेका बाबुआमाका बालबालिका भावनात्मक रूपमा संवेदनशील हुने, सामाजिक गतिविधिमा रुचि नराख्ने, उनीहरुमा रिस र चिडचिडापन देखिने, मानसिक रुपले विक्षिप्त हुने लगायतका समस्या उत्पन्न हुने गर्छन् । ‘अर्कोतिर, सम्बन्ध विच्छेदसँग बालकालिकाको उदासीसँगै सकारात्मक पक्ष पनि जोडिएको हुन्छ। दैनिक हुने झै–झगडाबाट मुक्त हुँदा उनीहरुमा सकारात्मक असर पनि देखिएको अधिकारकर्मीहरुको भनाई छ ।
यता, सम्बन्ध–विच्छेदको बढ्दो तथ्यांकले युवाहरु विवाहलाई समेत संस्थागत गर्न हिचकिचाउन थालेका छन्। जसको परिणाम विवाहपूर्व नै युवाहरु सम्बन्धमा बस्ने परिपाटी थालनी भएको देखिन्छ। यस्तै प्रवृत्ति रहेमा हाम्रो नयाँ पुस्ता पनि विवाह नरुचाउने, सेरोगेसी, टेस्टट्युब बेबीलगायत लिभिङ टुगेदरबाट सन्तानको लाभ लिनमा आकर्षित नहोलान् भन्न सकिँदैन।’ त्यसैले सानोतिनो मनमुटाव र झै झगडाका कारण आफ्ना बालबालिकाको भविष्यको ख्यालै नगरी र यसले समाजमा कस्तो खाले असर पर्छ भन्ने कुराको वास्तै नगरी सम्वन्धविच्छेद जस्तो प्रक्रिया अपनाउनु उचित नहोला कि ?
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved