काठमाडौं । उच्च अदालतको रिक्त २७ न्यायाधीशमा २ सय ७७ जनाको उम्मेदवारी परेको छ ।
जिल्ला न्यायाधीशबाट ७६, कानुन व्यवसायीबाट १ सय ७४ र कर्मचारीबाट ४६ जनाको आवेदन परेको हो । कुल आवेदन परेकामध्ये २ सय ५५ पुरुष र १९ महिला रहेका छन् ।
न्याय परिषद्ले पहिलोपटक उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि मापदण्ड बनाएर जिल्ला न्यायाधीश, कानुन व्यवसायी, न्याय समूहका कर्मचारी, सरकारी वकिल समूहका कर्मचारी, कानुन समूहका कर्मचारी र अन्य समूह आवेदनमा माग गरेको थियो । आवेदन परेकाहरूको प्रारम्भिक छनोट गरी सूची प्रकाशन गरिने परिषद्ले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved