काठमाडौं । काठमाडौंको बालाजु बाइसधारामा रेहेको जुक्ता कारखानामा आगलागी भएको छ । वान वर्ल्ड जुत्ता कारखानामा आगो लागेको प्रहरीले जनाएको हो । प्रहरी घटनास्थलमा पुगिसकेका छन् । आगलागीबाट नजिकका घरहरू जोखिममा छन् ।
अहिले आगो निभाउने प्रयास भइरहेको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए । काठमाडौं महानगरपालिकाको दमकलले आगो निभाउन थालेको छ । ललितपुर महानगरबाट पनि अर्को दमकल झिकाइपछि आगो नियन्त्रमा लिने काम भइरहेको प्रवक्ता मैनालीले बताए ।
नेपाली सेना र सुरक्षाकर्मीसहित दमकल र तीनवटा ट्याङ्करमार्फत पनि आगो निभाउने प्रयास जारी छ । अहिलेसम्म आगलागीको कारण खुलेको छैन । घटनाको थप विवरण आउन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved