काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण हुन ढिलाइ भएकोमा असन्तुष्टि जनाएका छन् ।
जापान भ्रमणबाट बुधबार स्वदेश फर्किएका उनले त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा विधेयक प्रमाणीकरण हुन ढिला नहुनुपर्ने बताए ।
‘राष्ट्रपतिजीले रोक्नुहुन्न भन्ने लाग्छ, तर ढिलो नहुनुपर्थ्यो’ प्रचण्डले भने । नागरिकता संशोधन विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाले पारित गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाएका छन् । तर राष्ट्रपतिबाट हालसम्म प्रमाणीकरण भएको छैन ।
उनले आफ्नो जापान भ्रमण धेरै राम्रो भएको बताए । ‘पहिलो पटक जापान गएको हो, के होला कसो होला भन्ने थियो, तर धेरै राम्रो भयो’ उनले भने । साउन २१ गते जापान भ्रमणमा गएका प्रचण्ड चार दिनपछि बुधबार नेपाल फर्किएका हुन् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved