काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक जारी छ। केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको बैठकमा आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारी र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ।
एमालेले निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गरिसकेको छ। सरकारले मंसिर ४ मा निर्वाचनको मिति घोषणा गरेको छ। स्थानीय तहमा एमालेले विचार र मुद्दा मिल्ने दलहरुसँग गठबन्धन गर्ने बताएको छ।
यता सत्ता गठबन्धनमा आवद्ध दलहरुले भने निर्वाचनसम्म गठबन्धन गर्ने निर्णय गरेका छन्। उनीहरु सिट बाँडफाँटको तयारीमा जुटेका छन्।
निर्वाचनको मिति घोषण भएसँगै राजनीतिक दलहरुले छलफललाई तीव्रता दिएका छन्।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved