काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रवासमा रहेका नेपालीलाई स्वदेश फर्किन आग्रह गरेका छन् ।
आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनका लागि अध्यक्ष लिङ्देनले पार्टीको जनमत बढाउने गतिविधि गर्न र आगामी निर्वाचनमा स्वदेश आउन प्रवासमा रहेका नेपालीलाई स्वदेश फर्किन आग्रह गरेका हुन् ।
पार्टीको केन्द्रीय प्रवास विभागको आयोजनामा भएको प्रवासी नेपाली एकता समाज पानसको अन्तर्राष्ट्रिय समिति र विभिन्न २७ देशका राष्ट्रिय समन्वय समितिको भर्चुअल बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले 'जनताले यथास्थितिबाट मुक्ति खोजिरहेको बेला राप्रपा भरपर्दो विकल्प बनेर अगाडि बढिरहेको छ, नेपाल आउँदै हुनुहुन्छ भने केही समय पर सार्नुस् र निर्वाचनको बेला नेपाल आउनुस्', भन्दै आग्रह गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved