तनावग्रस्त बिराटनगर

  • फाल्गुन २१, २०७६
  • कालापानी मिडिया
alt

बिकल रेग्मी 
२१ फागुन, विराटनगर । विराटनगर महानगरपालिका -१९ मिलनचोकमा टिपरको ठक्करबाट मंगलबार राति दुई जनाको मृत्यु भएपछि त्यहाँको अवस्था रातीदेखि नै तनावग्रस्त बनेको छ ।

5

पुष्पलालचौक विराटचौक सडक खण्ड अन्तर्गत मिलनचौकमा राति साढे ९ बजे भएको दुर्घटनामा परी दुई जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा मोरङ ग्रामथान-२ का ठक्करबाट अटो चालक ४५ वर्षीय बाबुराम सरदार र उनकी ६ वर्षीय नातिनी सबिता सरदार रहेका छन् ।

3

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १ ख २९१७ नम्बरको टिफरले विपरित दिसाबाट आउँदै गरेको प्रदेश १-००२ ह ८६०६ नम्बरको अटो टेम्पोलाई ठक्कर दिएको थियो । ठक्कर दिने टिफर र टिफर चालक सुनसरी रामधुनी-५ बस्ने ३३ वर्षीय हरेराम चौधरी प्रहरीको नियन्त्रणमा रहेका छन् । स्थानीयले भने चालकलाई कडा कारबाही हुनुपर्ने, पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने र विराटचोक-घिनाकाट सडकबाट टिफर आवागमनमा रोक लगाउनु पर्ने माग गरेका छन् ।

1

स्थानीयले सडकमा नाराबाजी तथा प्रदर्शन गरेका छन् । घटनास्थलमा १ सयको संख्या भन्दा बढी प्रहरी परिचालन गरिएको छ । उक्त बाटोमा तीन ठाउँमा टायर बालिएको छ । रुख ढालिएको छ । साइकल र एम्बुलेन्सबाहेक अन्य सबै खालका सवारी साधन बन्द गरिएको छ । घटनापछि आक्रोशित स्थानीयले राती नै दुईवटा टिफरमा आगजनी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
संयुक्त टोलीले गर्यो ...

इनरुवा । सुनसरीस्थित सशस्त्र प्रहरी बल–४ नम्बर गण र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संयुक्त ...

नारायणगढ-मुग्लिन सडक ...

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको सत्र किलोमा शुक्रबार बिहान बस र हायस ठोक्किँदा मृत्यु हुनेको संख् ...

पुटिनलाई युक्रेनमा छ ...

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीवार युरोपले युक्रेनमा आक्रमण रोक्न क्रेमलिनलाई छुट दि ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved