काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले काठमाडौंको फोहर व्यवस्थापनमा राप्रपाको पनि अवरोध भएको भन्ने समाचारको खण्डन गरेका छन् ।
सामाजीक संजाल मार्फत अध्यक्ष लिङ्देनले काठमाडौंको फोहर व्यवस्थापनमा अवरोध गर्ने क्रममा राप्रपाको पनि संलंग्नता भएको भन्ने समाचारको खण्डन गरेका हुन् । उनले फोहरमा राजनीति गर्ने फोहरी काम राप्रपाले नगर्ने भन्दै इसता गतिविधिमा कुनै कार्यकर्ता भेटिएमा तिनलाई कार्वाही गर्ने समेत उल्लेख गरेका छन् । यसरी जिम्मेवार स्थानबाट गलत प्रचाल हुनु उचित नहुने भन्दै उनले भविष्यमा यस्तो गलत सन्देश सप्रेसण नहोस भन्ने अपेक्षा समेत गरेका छन् ।
सोमबार काठमाडौं महानगरका मेयर बालेन शाहले राजनीतिक दलहरुले फोहर व्यवस्थापनमा अवरोध गरेको भन्दै राप्रपाका स्थानिय नेताहरुको पनि साथ रहेको अभिव्यक्ति सार्वजनीक गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved