प्रधानमन्त्री ज्यू, काठमाडौं फोहोर हटाउन सहयोग गरिदिनुः मेयर बालेन्द्र

  • भदौ १, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । राजधानीको फोहोर विसर्जन गर्न निरन्तर अवरोध भएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेर अवरोध हटाईदिन आग्रह गरेका छन् ।

मंगलबार साँझ प्रधानमन्त्री देउवासँग भेटेर मेयर साहले फोहोर लिएर गएका गाडी तोडफोड गर्ने गिरोहमाथि कारबाही गर्न र स्थानीयसँगको सहमति अनुसार सडक निर्माणको काम तत्काल गरिदिन आग्रह गरेका हुन् ।

त्यसपछि प्रधानमन्त्री देउवाले तत्कालै प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलाई फोन गरेर तोडफोडमा संलग्न किटानी उजुरी परेकाहरुलाई तत्काल पक्राउ गर्न निर्देशन दिएको बताइएको छ ।

यस्तै, प्रधानमन्त्री देउवाले भौतिक पूर्वाधार मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देललाई फोन गरेर अलपत्र सडक निर्माणलाई पूरा गर्न पनि निर्देशन दिनुभएको प्रधानमन्त्री देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विश्वभर ८२ लाख नयाँ ...

काठमाडौं । स्वास्थ्य संगठन (डब्लूएचओ) ले गत वर्ष विश्वभर ८२ लाख नयाँ क्षयरोग (टीबी) का बिरामी पत्ता ...

तिहारको दोस्रो दिन ब ...

काठमाडौं : तिहारको दोस्रो दिन बिहीबार बिहान कुकुरतिहार मनाइँदै छ भने साँझ लक्ष्मीपूजा पनि गरिँदैछ। ...

अन्नपूर्ण आधार शिविर ...

म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved