रोमानियामा छायांकन भएको फिल्म ‘वर एण्ड वधु’को प्रदर्शन मिति घोषणा

  • भदौ १, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । निर्देशक मिलन चाम्सद्वारा निर्देशित फिल्म ‘वर एन्ड वधु’को प्रदर्शन मिति घोषणा गरिएको छ । रोमानियामा दुई साता लामो छायांकन गरेर नेपाल फर्किएपछि निर्माण टिमले प्रदर्शन मिति घोषणा गरेको हो ।

लभस्टोरी र कमेडी जनरामा निर्माण भएको फिल्म आगामी फागुन १९ गतेबाट प्रदर्शनमा आउने निश्चित भएको छ । यो फिल्मको नेपालमा केही प्रतिशत छायांकन गर्न बाँकी रहेको निर्माण टिमले जानकारी दिएको छ । यो मितिमा यसअघि फिल्म ‘परस्त्री’ले प्रदर्शन मिति तोकिसकेको छ ।

फिल्ममा नायिका आँचल शर्मा र नव(नायक विवेक कर्माचार्यको मुख्य भूमिका छ । फिल्ममा विजय लामा, रमेश बुढाथोकी, रविन्द्र खड्का, हिमेश पन्त, किरण केसी, बुद्धि तामाङ, मनोज केसी, रविना केसी, सृष्टि खड्काको पनि अभिनय रहेको छ । यस्तै, फिल्ममा अभिनेत्री साम्राज्ञी आरएल शाह अतिथी भूमिकामा देखिने छिन् ।

एलआरके इन्टरटेनमेन्टको ब्यानरमा तयार पारिएको फिल्ममा सुदीप बरालको छायांकन रहेको छ भने कार्यकारी निर्माता डा।अमित रिजाल हुन् । फिल्मको कथा, पटकथा तथा संवाद प्रदीप भारद्वाजले लेखेका हुन् भने अर्जुन जिसीले सम्पादन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved