कांग्रेसले लोकतान्त्रि चरित्र गुमाएको एमाले अध्यक्ष ओलीको आरोप, दाहालको कार्यकर्ता बनेको टिप्पणी

  • भदौ १, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गरिरहेको कांग्रेसले लोकतान्त्रिक चरित्र गुमाएको आरोप लगाएका छन् ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले इतिहासमा पनि पटक–पटक देशविरोधी काम गर्दै आएको कांग्रेसले पछिल्लो समय लोकतान्त्रिक आचरण र व्यवहार समेत गुमाएको आरोप आरोप लगाएका हुन् । उनले कांग्रेस आफ्नो नीति, आचरण, सिद्धान्त, व्यवहार सबै भुलेर माओवादी अध्यक्ष पुष्पकमल दाहालको कार्यकर्ता बनेको टिप्पणी गरे ।

यस्तै, अध्यक्ष ओलीले माओवादी केन्द्रलाई महान जनयुद्ध भनेर १७ हजार नेपालीलाई मारेको, हिजो अपाङ्ग भएको, अंगभंग भएकाहरु कहाँ छन् भन्दै प्रश्न गरे । उनले माओवादी सबैलाई बेवास्ता गरेर चुनावको बेला झुट बोल्न सिपालु रहेको टिप्पणी गरे।

अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनलाई देशद्रोहीको संज्ञा दिँदै एमालेविरुद्ध अनेकथरी तत्व जोडिएको आरोप लगाए । उनले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धनमा रहेका पार्टीहरूलाई पराजित गरेर एमालेको सरकार गठन गर्नुपर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विश्वभर ८२ लाख नयाँ ...

काठमाडौं । स्वास्थ्य संगठन (डब्लूएचओ) ले गत वर्ष विश्वभर ८२ लाख नयाँ क्षयरोग (टीबी) का बिरामी पत्ता ...

तिहारको दोस्रो दिन ब ...

काठमाडौं : तिहारको दोस्रो दिन बिहीबार बिहान कुकुरतिहार मनाइँदै छ भने साँझ लक्ष्मीपूजा पनि गरिँदैछ। ...

अन्नपूर्ण आधार शिविर ...

म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved